Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

आठ वटा स्थानीय निकाय राख्नेमा दलहरुबीच सहमति



१३ कात्तिक,गाईघाट (उदयपुर) । उदयपुर जिल्लालाई स्थानीय तहमा पुनरसंरचना गर्दा अब आठ वटा तहमा पुनरसंचना गर्ने जिल्लाका राजनीतिक दलहरुबीच समहमति भएको छ ।

जिविसमा बिहीबार र शुक्रबार बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकपछि शुक्रबार जिल्लाका राजनीतिक दलहरु आठ वटा निकायमा पुनरसंचरना गर्न सहमत भएका नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज मोहन पौडेलले बताउनुभयो । दलहरुबीच जिल्लालाई चार गाउँपालिका र चार नगरपालिकासहितको स्थानीय निकायको पुनःसंरचना गर्ने सहमति भएको छ ।

अहिले जिल्लामा त्रियुगा, कटारी र बेल्टार बसाहा नगरपालिकासहित तीनवटा नगरपालिका रहेका छन् । जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला तपेस्वरीसहितको क्षेत्रलाई बेलका नगरपालिका बनाउने प्रस्ताव गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष इस्वरमणि राउतले बताउनुभयो ।

यसअघि उदयपुरमा तीन नगरपालिका र ४० गाविस रहेका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।