back
CTIZAN AD

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

वि.सं.२०८३ असार ९ मंगलवार

240 

shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू बिरामी पर्नसक्ने त्रास थियो ।

प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्लास्थित अस्पतालका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा विशेष तयारी गरिएको थियो । रास्वपाका नेता डा. मनोहर प्रधानको नेतृत्वमा कार्यक्रमस्थलमा तीन ठाउँमा ‘हेल्थ डेस्क’ राखिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रपछि वर्षा हुँदा सहभागीहरूलाई केही कठिनाइ भए पनि गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या देखिएन। डा. प्रधानका अनुसार दुई जना सहभागी गर्मीका कारण बेहोस भएका थिए। उहाँले भन्नुभयो, “पानी नपरेको भए धेरै बेहोस हुने सम्भावना थियो ।”

हिमाल र पहाडबाट आएका सहभागीहरूलाई चितवनको चर्को गर्मी थेग्न कठिन हुने अवस्था रहे पनि वर्षाले राहत भएको उनले बताए ।

रास्वपाका जिल्ला नेता प्रकाश आचार्यका अनुसार महाधिवेशनको अघिल्लो दिनदेखि दैनिक वर्षा हुँदा बाहिरबाट आएका सहभागीलाई असहज भएको छैन । उनले भने, “दैनिक पानी परेको छ । तापक्रम बढेको छैन ।”

आज दिउँसो १ बजे यहाँको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रमुख दीपक विकेका अनुसार विगतका असारमा यहाँको तापक्रम ३९ डिग्रीसम्म पुग्ने गरेको थियो । उजले भने, “रास्वपाको महाधिवेशन सहज भयो ।”दैलेखका दिनेश राईले चितवनमा अत्यधिक गर्मी हुने अपेक्षा भए पनि त्यस्तो अनुभव नभएको बताए । स्याङ्जाका मेघबहादुर आलेले नियमित वर्षाका कारण मौसम अनुकूल बनेको बताए ।

रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेल महाधिवेशनलाई मौसमले साथ दिएको बताए । बाहिरबाट आएका प्रतिनिधिहरूले चितवनको गर्मीलाई लिएर चिन्ता लिए पनि यहाँ आएपछि त्यस्तो समस्या नभएको सहभागीहरूको भनाइ छ ।
रास्वपाका जिल्ला नेता नेत्र लामिछानेका अनुसार हिमाली र पहाडी जिल्लाबाट आएका प्रतिनिधिले अघिल्लो दिनसम्म पनि तापक्रमबारे जिज्ञासा राखेका थिए । मौसम अनुकूल भएकाले सहभागीहरूलाई राहत भएको उनले बताए ।

मौसम अनुकूल भएकाले फुर्सदको समयमा सहभागी पर्यापर्यटनमा सहभागी भएका गतिविधिमा सहभागी भएका छन् । देवघाटको धार्मिक यात्रा होस् वा सौराहाको हात्ती सफारी उनीहरूको पर्यटकीय क्षेत्रमा बाक्लो उपस्थिति छ ।

महाधिवेशनमा १० हजारभन्दा रास्वपाका कार्यकर्ता, शुभेच्छुकलागयत उपस्थित भएका अनुमान छ ।

वि.सं.२०८३ असार ९ मंगलवार १५:५४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...