back
CTIZAN AD

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

वि.सं.२०८२ चैत ५ बिहीवार

1K 

shares

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै संघ तथा प्रदेश सरकारबाट स्थानीय तहको संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले नेपालको संविधान २०७२ को मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा संविधानको अनुसूची–८ मा व्यवस्था गरिएको एकल अधिकार सूचीअनुसार स्थानीय तहले आफ्नो अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै त्यसमा अवरोध हुने खालका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

यसैबीच, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि संघीय सरकारसँग सहकार्य गर्न स्थानीय तह प्रतिबद्ध रहेको पनि जनाइएको छ।

त्यसैगरी, संघ तथा प्रदेश सरकारबाट सञ्चालन हुने विकास निर्माण, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, मितव्ययी खर्च व्यवस्थापन र योजनाबद्ध विकासका अभियानमा समन्वय र सहकार्य गर्न स्थानीय तह तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

तर, संविधान र कानुनविपरीत जारी भएका निर्देशन तथा जिल्ला प्रशासन कार्यालयबाट जारी परिपत्रमार्फत स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने प्रयास भएको भन्दै त्यस्ता गतिविधिप्रति कडा आपत्ति जनाइएको छ।

स्थानीय तहहरूले संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास र समन्वय कायम गर्दै अघि बढ्न आग्रह गर्दै सम्बन्धित सबै सरोकारवालालाई सहकार्य र सहअस्तित्वलाई अझ सुदृढ बनाउन अपिल गरेका छन्।

वि.सं.२०८२ चैत ५ बिहीवार १३:४८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...