back

कपिलवस्तुमा महिलाको हत्या

वि.सं.२०७५ फागुन ११ शनिवार

390 

shares
GLOBAL IME AD
NTC AD

११ फागुन, जितपुर । कपिलवस्तुको वाणगङ्गामा गए राति एक महिलाको हत्या गरिएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोेट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताए ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान जारी राखेको छ ।

शवलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । घटनाको बारेमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, वाणगङ्गा नगरका उपप्रमुख स्थानीय सामुदायिक अस्पताल पुगेका थिए । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र केसीले घटनाको सुक्ष्मरूपमा अध्ययन भइरहेको र चाँडोभन्दा चाँडो हत्याराको पहिचान हुने बताए ।

वि.सं.२०७५ फागुन ११ शनिवार १२:३२ मा प्रकाशित

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन...

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...