Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतीय राष्ट्रपतिको भ्रमणको तयारी पूरा



१८ कात्तिक ,जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी पूरा भएको छ ।

मुखर्जीको भोलि शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ । उहाँको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले सजाइएको छ ।
जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरी स्वागतद्वारमा मुखर्जीको ठूला तस्बिरसहित ‘सीतानगरी जनकपुरधाममा स्वागत छ’ भनी लेखिएको छ ।
मुख्य सडक स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले सजाइएको छ भने सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ ।
त्यस्तै भारतीय राष्ट्रपति मुखर्जीलाई जनकपुरधामवासीद्वारा गरिने अभिनन्दनस्थल तिरहुतिया गाछीमा उच्च सुरक्षा निगरानीमा मञ्च निर्माण र पण्डाल व्यवस्थापनको कार्य पनि पूरा भएको छ ।
मुखर्जीको जनकपुरधाम भ्रमण सन्दर्भमा सवारी मार्गमा सुरक्षा अभ्यास पनि सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाम भ्रमणका लागि नेपाली सेनाको विशेष सुुरक्षाको व्यवस्था गरिएको बताउँदै नागरिक अभिनन्दनस्थल तिरहुतिया गाछी र जानकी मन्दिरको सुरक्षाको जिम्मा नेपाली सेनासहितको सुरक्षा टोलीलाई दिइएको जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले