back
CTIZAN AD

भारतीय राष्ट्रपतिको भ्रमणको तयारी पूरा

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

777 

shares

१८ कात्तिक ,जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी पूरा भएको छ ।

मुखर्जीको भोलि शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ । उहाँको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले सजाइएको छ ।
जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरी स्वागतद्वारमा मुखर्जीको ठूला तस्बिरसहित ‘सीतानगरी जनकपुरधाममा स्वागत छ’ भनी लेखिएको छ ।
मुख्य सडक स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले सजाइएको छ भने सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ ।
त्यस्तै भारतीय राष्ट्रपति मुखर्जीलाई जनकपुरधामवासीद्वारा गरिने अभिनन्दनस्थल तिरहुतिया गाछीमा उच्च सुरक्षा निगरानीमा मञ्च निर्माण र पण्डाल व्यवस्थापनको कार्य पनि पूरा भएको छ ।
मुखर्जीको जनकपुरधाम भ्रमण सन्दर्भमा सवारी मार्गमा सुरक्षा अभ्यास पनि सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाम भ्रमणका लागि नेपाली सेनाको विशेष सुुरक्षाको व्यवस्था गरिएको बताउँदै नागरिक अभिनन्दनस्थल तिरहुतिया गाछी र जानकी मन्दिरको सुरक्षाको जिम्मा नेपाली सेनासहितको सुरक्षा टोलीलाई दिइएको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०७:२३ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...