back
CTIZAN AD

मुस्ताङमा भ्युटावर निर्माण

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

924 

shares

मुस्ताङ, १८ कात्तिक । मुस्ताङको जोमसोम–३ ठिनीमा भ्युटावर निर्माण गरिएको छ ।

विभिन्न उद्देश्य राखेर मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईं लम्ब्याउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँ संरक्षण व्यवस्थापन समिति जोमसोमसँग सहकार्य गरेर रु १३ लाखको लागतमा भ्युटावर निर्माण गरेको हो ।

भ्युटावरबाट लोमान्थाङ र कोरला नाकासहित मुस्ताङको ९० प्रतिशत भूभाग अवलोकन गर्न सकिन्छ । सन् २०१२ मा निर्माण सुरु भएको भ्युटावर संरक्षण समिति र एक्यापबीच समन्वय नहुँदा अलपत्र बनेको थियो । पछिल्लो वर्ष एक्यापले पर्याप्त मात्रामा बजेट विनियोजन गरेपछि भ्युटावर निर्माणले पूर्णता पाएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष नारायण थकालीले जानकारी दिनुभयो ।

“ढिलै भए पनि भ्युटावर निर्माण भएको छ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ”, उहाँले भन्नुभयो । समुद्री सतहदेखि तीन हजार ७५० मिटरको उचाइमा निर्माण गरिएको भ्युटावरले दृष्यावलोकनका लागि आउने पर्यटकलाई बढी फाइदा पुग्ने देखिएको छ ।

जोमसोमदेखि आधा घन्टाको दूरीमा पर्ने भ्युटावरबाट निलगिरि, धौलागिरि मेसोकान्तो हिमाल, तिलीचो पिक, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथका साथै लोमान्थाङ क्षेत्रको मनमोहक दृष्य समेत अवलोकन गर्न सकिनेछ ।

भ्युटावरलाई लक्षित गरी एक्यापले बाह्य पर्यटकलाई विशेष प्याकेज बनाउन लागिएको एक्याप जोमसोमका प्रमुख निरु थापाले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०८:१४ मा प्रकाशित

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...