back

मुस्ताङमा भ्युटावर निर्माण

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

579 

shares
IME Limited
NTC AD

मुस्ताङ, १८ कात्तिक । मुस्ताङको जोमसोम–३ ठिनीमा भ्युटावर निर्माण गरिएको छ ।

विभिन्न उद्देश्य राखेर मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईं लम्ब्याउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँ संरक्षण व्यवस्थापन समिति जोमसोमसँग सहकार्य गरेर रु १३ लाखको लागतमा भ्युटावर निर्माण गरेको हो ।

भ्युटावरबाट लोमान्थाङ र कोरला नाकासहित मुस्ताङको ९० प्रतिशत भूभाग अवलोकन गर्न सकिन्छ । सन् २०१२ मा निर्माण सुरु भएको भ्युटावर संरक्षण समिति र एक्यापबीच समन्वय नहुँदा अलपत्र बनेको थियो । पछिल्लो वर्ष एक्यापले पर्याप्त मात्रामा बजेट विनियोजन गरेपछि भ्युटावर निर्माणले पूर्णता पाएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष नारायण थकालीले जानकारी दिनुभयो ।

“ढिलै भए पनि भ्युटावर निर्माण भएको छ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ”, उहाँले भन्नुभयो । समुद्री सतहदेखि तीन हजार ७५० मिटरको उचाइमा निर्माण गरिएको भ्युटावरले दृष्यावलोकनका लागि आउने पर्यटकलाई बढी फाइदा पुग्ने देखिएको छ ।

जोमसोमदेखि आधा घन्टाको दूरीमा पर्ने भ्युटावरबाट निलगिरि, धौलागिरि मेसोकान्तो हिमाल, तिलीचो पिक, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथका साथै लोमान्थाङ क्षेत्रको मनमोहक दृष्य समेत अवलोकन गर्न सकिनेछ ।

भ्युटावरलाई लक्षित गरी एक्यापले बाह्य पर्यटकलाई विशेष प्याकेज बनाउन लागिएको एक्याप जोमसोमका प्रमुख निरु थापाले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०८:१४ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...