Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

वालिङमा सामूहिक फूलखेती



वालिङ, १८ कात्तिक । वालिङ–९ पिपलटारीका युवाले व्यावसायिकरुपमा फूलखेती सुरु गरेका छन् ।

स्थानीय चार जना युवाले फूलखेतीको सम्भावना देखेर यस व्यवसायमा हात हालेका हुन् । समूहका सदस्य राजु गैरे विभिन्न धार्मिक कार्यमा आवश्यक पर्ने फूल अन्य ठाउँबाट आयात गर्नुपरेका कारण फूलखेती थालेको बताउनुहुन्छ ।

चितवनबाट सयपत्री फूलको बेर्ना ल्याएर दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको गैरेले बताउनुभयो । “जुनसुकै कार्यमा पनि फूल अति आवश्यक देख्यौँ,” उहाँले भन्नुभयो । रु ३५ हजारको लगानीमा थालिएको फूलखेतीबाट हालसम्म रु ५० हजार आम्दानी भएको छ । परीक्षणका लागि सुरु गरेको फूलखेतीलाई विस्तार गर्दै लैजाने गैरै बताउनुहुन्छ । रासस


-->

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.

केशवप्रसाद ढकाल ’प्रीतबीज’, गोरखा १. तुच्छ दाउमा नुन छर्छ निष्ठुरी आलो घाउमा । २.