Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

भोलिदेखि सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता , प्रवेश निःशुल्क



काठमाडौँ १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ ।

यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।

नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न इच्छुक फुटबलप्रेमीलाई प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ ।

महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो । त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ ।

नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ ।

यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।