
विदेश जानका लागि सबैभन्दा सस्तो टिकट काट्नु पर्यो भने सबैले सम्झने नाम हो प्रवास ट्राभल एण्ड टुर्स । काठमाडौँ गेष्ट हाउस ठमेलसँगै अफिस रहेको ट्राभलमा कार्यरत कर्मचारी फोनमा अत्यन्त व्यस्त भेटिन्छन् । देशविदेश जहाँबाट पनि सम्पर्क गर्न सजिलो होस् भनेर २ वटा मोबाइललाई हट लाइनको रुपमा राखिएको छ । ती फोनमा भाइवर, वि–च्याट लगायतका सामाजिक सञ्जालमार्फत जहाँबाट पनि सम्पर्क गर्न सकिन्छ । फेसबुक स्टाटसमा तपाईले कहाँजाने टिकट कति पर्छ भन्ने कुराको जवाफ तुरुन्त पाउनु हुन्छ । ट्राभल्सका प्रबन्ध निर्देशक प्रकाश लोहनीसँग संसारन्यूज डटकमका लागि गरिएको कुराकानी :
कतिभयो प्रवास ट्राभल सञ्चालन गरिएको ?
स्थापनाका हिसाबले प्रबास ट्रावल एन्ड टुर्स ५ वर्षमा छ । मैले यस क्षेत्रमा काम गर्न लागेको भने ८ बर्ष भयो ।
तपाईहरुलाई देख्दा निकै व्यस्त हुनुहुन्छ । दैनिक कति टिकट बिक्री गर्नुहुन्छ ?
दैनिक हामी ५० देखी १०० टिकट बिक्रि गछौँ । यात्रीको गन्तब्य टिकेट दर तथा एयरलायन्स फरक फरक हुन्छ । फ्रेबुअरी र मार्च महिनामा बढी हुन्छ ।
कति कर्मचारी कार्यरत हुनुहुन्छ ?
९ जना कर्मचारी कार्यरत छौँ ।
सबैभन्दा बढी टिकट बिक्री हुने कुन देशको लागि हो ?
अमेरिका, युरोप र क्यानडा हुन् ।
कुन विमान यात्राहरुको बढी रोजाइमा पर्ने गरेको छ ?
हामीसँग टिकट काट्नेहरु खासगरी सस्तो तथा धेरै सामान लैजान खोज्ने हुँदा कतार एयरलायन्स कोरियन, टर्किस र इतिहाद् हुन् ।
योग्य र पढलेखेका युवाहरु बिदेसिएको पक्कै राम्रो कुरा हैन । तर बाध्यतामा पनि छ बिदेस जानु र यसको सकरात्मक पक्ष पनि छ । अहिलेको स्थितिमा नेपाल रेमिट्यान्सले धानेको छ । यदि बिदेश बसेर कमाएको पैसा यहाँ प्रयोग गर्न सकियो भने भोलीको पुस्ता बिदेशिन पर्दैन । यस्का लागि म्यानपावर कम्पनीहरु पारदर्शी हुनु प¥यो । सरकारी निकायबाट लगानी गर्ने वातावरण सृजना गर्नुप¥र्यो ।
सस्तो टिकट प्याकेज कुनकुन बेलामा आउने गरेका छन् ?
फ्रेबुअरी र मार्च महिनामा सस्तो टिकट पाइन्छ । प्रवास ट्राभल्स एण्ड टुुर्स सँधै जसो आफ्नो ग्राहकलाई सस्तो टिकट उपलब्ध गराउने प्रयासमा रहन्छ ।
दैनिक रुपमा विदेशीने नेपालीहरुको भिड देख्दा यहाँ जस्तो युवाले कस्तो अनुभव गर्नुहुन्छ ?
योग्य र पढलेखेका युवाहरु बिदेसिएको पक्कै राम्रो कुरा हैन । तर बाध्यतामा पनि छ बिदेस जानु र यसको सकरात्मक पक्ष पनि छ । अहिलेको स्थितिमा नेपाल रेमिट्यान्सले धानेको छ । यदि बिदेश बसेर कमाएको पैसा यहाँ प्रयोग गर्न सकियो भने भोलीको पुस्ता बिदेशिन पर्दैन । यस्का लागि म्यानपावर कम्पनीहरु पारदर्शी हुनु प¥यो । सरकारी निकायबाट लगानी गर्ने वातावरण सृजना गर्नुप¥र्यो ।
यो ट्राभलले टिकट बिक्री गर्ने मात्र गर्छ की पर्यटकहरु भित्र्याउने तथा पर्यटकलाई नेपाली घुमाउने काम पनि गर्नुहुन्छ ?
हाम्रो प्रमुख उद्देश्य सस्तो र भरपर्दाे हावाई टिकट उपलब्ध गराउनु हो । यसबाहेक हामीले थाइल्याण्ड, सिंगापुर, मलेसिया लगायतका देशमा टुर्स पनि गर्छौ । हामीसँग सेवा लिने धेरैजसो नेपालीहरु नै हुनुहुन्छ ।
देशमा पर्यटक भित्र्याउन सकिने अवसर हुँदाहुँदै पनि किन भित्र्याउन सकिएको छैन ?
प्रमुख समस्या भनेको प्रचार प्रसार नभएर नै हो । अर्को कुरा सरकारले पर्यटन केन्द्रीत कार्यक्रम सञ्चालन नगर्नु पनि हो । अहिलेको नेपालको पर्यटन व्यवसाय भनेको हामी जस्ता २–४ जना ट्राभल टुर्स तथा होटल व्यवसायीको प्रचारले मात्रै चलेको छ । अर्को मैले अनुभव गरेको नेपालमा उपलब्ध सेवा सुविधाको तुलनामा पर्यटन व्यवसायीले तय गरेको सेवा मुल्य अन्य देशको तुलनामा बढी छ । मुल्यमा एकरुपता छैन त्यसकारण नेपाल घुम्ने पर्यटकले पनि अन्य देश रोज्न थालेका छन् ।
ट्राभल एजेन्सीहरुले म्यानपावरको कामपनि गर्ने गरिएका समाचारहरु पनि आएका छन्, यसबारे के भन्नुहुन्छ ?
केही ट्राभल एजेन्सीहरुमा छापा मार्दा म्यानपावरको काम गरेको भन्ने समाचार मैले पनि सुनेको हुँ । टा«भल एजेन्सीले यस्तो काम गर्नु बिल्कुल गलत हो । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, प्रवास ट्राभल एन्ड टुर्स विसुद्ध रुपमा पर्यटन व्यवसाय हो ।
बढीभन्दा बढी पर्यटक भित्र्याउन यहाँहरुको भूमिका कस्तो हुनुपर्ला ?
विश्व समुदायमा नेपाललाई चिनाउने प्रयास भनेको पारदर्शी तथा भरपर्दाे पर्यटन सेवा नै हो । हालै ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूचीमा नेपाल पाचौँ स्थानमा रहेको उल्लेख गरेको छ । यसको प्रचारप्रसार गर्न सके नेपालमा धेरै पर्यटक भित्र्याउन सकिन्छ । पयर्टनको स्तरीय र विश्वसनीय सेवा बृद्धि गर्न हामी प्रतिबद्ध छाँै ।
वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०६:०३ मा प्रकाशित