Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले मनायो तिहार



usa1युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(UKROA)को न्युयोर्क च्याप्टरले भव्यताका साथ तिहार मनाएको छ ।
संस्थाकी केन्द्रीय उपसभापति मुना राईको पहलमा न्युयोर्ककको क्विन्समा सम्पन्न गरिएको उक्त तिहार कार्यक्रमको संयोजन न्युयोर्क च्याप्टरका पूर्व सभापति नवीनकला राइले गर्नुभएको थियो । ।
कार्यक्रमममा अन्तराष्ट्रिय सम्मानको लागि नेपालबाट आउनु भएका भएका अक्कल तामाङका साथै डा. सुख गुरुङ, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबा, युक्राका निवर्तमान अध्यक्ष प्रभाकर राई, युक्राकी उपाध्यक्ष मुना राई, युक्रा न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष नवीनकला राई, युक्रा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राई, मुस्ताङ किदुगका कार्यवाहक सभापति तथा जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्ट, संघीय समाज अमेरिकाका सचिव लोक चेमजोङ, डा खगेन्द्र केरुङ, युएनडिपीका पूर्व सभापति टेक गुरुङ, तमु समाजका निवर्तमान अध्यक्ष मेख गुरुङलगायत निवर्तमान जनजाति महासंघका महासचिव मान राना मगर, समाजसेवी हर्क गुरुङ, एनआरएन, अमेरिकाका सल्लाहाकार तथा हिमालयन कमिटीको महासचिव बाबुराम लामा, नेपाल अमेरिकी कलाकार संघका अध्यक्ष सुमन बुढामुगरलगायत अतिथिलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

usa2
कार्यक्रममा गायिका वसन्ती राई, गायक विपन राई, सुवर्ण शाक्य, राजेन्द्र राई, सुमन बुढामुगरले विभिन्न गीत गाएर मनोरञ्जन दिलाएका थिए ।
सुख राइ र सपना राइको संचालन रहेको उक्त कार्यक्रममा नानसाङ राईले अतिथि पाहुँनाहरुलाई टिका लगाइदिएर स्वागत गर्नु भएको थियो भने इन्दिरा राइले फुलमाला लगाइदिएर स्वागत तथा वरिष्ठ उपाध्यक्षले सम्पूर्ण अतिथिहरुलाई व्याच लगाएर सम्मान तथा स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा युक्रा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राईले धन्यवाद दिनुभएको थियो ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी