back
CTIZAN AD

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले मनायो तिहार

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

1.3K 

shares

usa1युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(UKROA)को न्युयोर्क च्याप्टरले भव्यताका साथ तिहार मनाएको छ ।
संस्थाकी केन्द्रीय उपसभापति मुना राईको पहलमा न्युयोर्ककको क्विन्समा सम्पन्न गरिएको उक्त तिहार कार्यक्रमको संयोजन न्युयोर्क च्याप्टरका पूर्व सभापति नवीनकला राइले गर्नुभएको थियो । ।
कार्यक्रमममा अन्तराष्ट्रिय सम्मानको लागि नेपालबाट आउनु भएका भएका अक्कल तामाङका साथै डा. सुख गुरुङ, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबा, युक्राका निवर्तमान अध्यक्ष प्रभाकर राई, युक्राकी उपाध्यक्ष मुना राई, युक्रा न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष नवीनकला राई, युक्रा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राई, मुस्ताङ किदुगका कार्यवाहक सभापति तथा जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्ट, संघीय समाज अमेरिकाका सचिव लोक चेमजोङ, डा खगेन्द्र केरुङ, युएनडिपीका पूर्व सभापति टेक गुरुङ, तमु समाजका निवर्तमान अध्यक्ष मेख गुरुङलगायत निवर्तमान जनजाति महासंघका महासचिव मान राना मगर, समाजसेवी हर्क गुरुङ, एनआरएन, अमेरिकाका सल्लाहाकार तथा हिमालयन कमिटीको महासचिव बाबुराम लामा, नेपाल अमेरिकी कलाकार संघका अध्यक्ष सुमन बुढामुगरलगायत अतिथिलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

usa2
कार्यक्रममा गायिका वसन्ती राई, गायक विपन राई, सुवर्ण शाक्य, राजेन्द्र राई, सुमन बुढामुगरले विभिन्न गीत गाएर मनोरञ्जन दिलाएका थिए ।
सुख राइ र सपना राइको संचालन रहेको उक्त कार्यक्रममा नानसाङ राईले अतिथि पाहुँनाहरुलाई टिका लगाइदिएर स्वागत गर्नु भएको थियो भने इन्दिरा राइले फुलमाला लगाइदिएर स्वागत तथा वरिष्ठ उपाध्यक्षले सम्पूर्ण अतिथिहरुलाई व्याच लगाएर सम्मान तथा स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा युक्रा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राईले धन्यवाद दिनुभएको थियो ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०६:०४ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...