back
CTIZAN AD

फेवातालको किनारमा रहेको पार्क संरक्षणको काम शुरु

वि.सं.२०७५ फागुन २२ बुधवार

711 

shares

२२ फागुन, चिप्लेढुङ्गा ।  पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ ।

पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्ने यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएको कलाकृतिसमेत ओझेलमा परेको थियो । झारभित्र हराएर बेवारिसे बनिरहेका तिनै कलाकृतिलाई पछिल्लो समय पोखरा महानगरपालिका–६ ले संरक्षणका लागि चासो दिएको हो ।

पार्कमा सिधैँ गाडी लैजाने, कतिपय विदेशीले क्याराभान गाडी लिएर त्यहीँ पार्किङ गर्ने र तिनै कलाकृतिमाथि कपडा सुकाउने गरेका दृश्यसमेत देखिन्थे । तालको छेउमा अर्को बसुन्धरा पार्कसमेत रहेको छ । सो ठाउँमा समेत विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उचित चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ ।
वडाध्यक्ष जगत पहारीले पार्कको महिमा र महत्वलाई कायम राख्न वडाले काम शुरु गरेको र पार्क व्यवस्थापनका लागि मूर्ति संरक्षणमा जोड दिँदै वरिपरी गिट्टीले सजाइएको र कलाकारको नेमप्लेट राखिएको बताए ।

कोमागाने पार्कमा केदारेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा पूजाआजा गर्न भक्तजन आउने, विवाह भोजभतेर हुने तर कुनै व्यवस्थित नियम नहुँदा त्यसले पार्कको सौन्दर्यलाई विनाश गर्दै लगेको बताउनुहुन्छ राष्ट्रिय सम्पदा संरक्षण समिति नेपलाका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल ।

जापानको कोमागाने शहर र पोखराबीच सन् २००२ मा भगिनी सम्बन्धमा स्थापित भएपछि सो पार्कको कोमागाने नामकरण गरिएको हो ।

वि.सं.२०७५ फागुन २२ बुधवार ११:२७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...