back
CTIZAN AD

उपकरण नुहँदा मापसे जाँचमा समस्या

वि.सं.२०७५ चैत ४ सोमवार

552 

shares

४ चैत, डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ ।

बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ब्रेथलाइजरको अभाबमा ट्राफिक प्रहरी सवारी चालकको मुख सुघेर मादकपर्दाथ सेवन गरे नगरेको पत्ता लगाउन बाध्य छन् । दिपायल जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकको मुख सुघने विषयमा कहिलेकाहीँ त ठूलै विवाद हुने गर्दछ ।

उक्त कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धामीले जिल्लाभर एकमात्र ब्रेथलाइजर भएको र त्यो पनि बिग्रेर मर्मतका लागि कैलाली पठाएको बताए । उनले भने, “एउटा मात्रै मेशिन थियो, त्यो पनि वर्षौं पहिले बिग्रेकाले मर्मतका लागि पठाएकाछौँ, बनेर फिर्ता नआएकाले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखामा हेरेर र शारीरिक अवस्थाबाट पत्ता लगाउनु पर्ने अवस्था रहेको बताए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी केदार रजौरेले बिग्रेका ब्रेथलाइजर उपकरण मर्मतका लागि केन्द्रीय कार्यालय पठाएकामा हालसम्म फिर्ता नआएको बताए । उक्त कार्यालयको जिन्सी शाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीमा एक, कञ्चनपुरमा एक र अत्तरिया दुईबाहेक अन्य सात जिल्लाका कुनै पनि ट्राफिक प्रहरीसँग ब्रेथलाइजर छैन ।

ब्रेथलाइजरको अभाव भएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर किनिदिन स्थानीय तहसँग माग गरेका छन् । सो उपकरण रू २८ हजारसम्म रकम पर्ने र ट्राफिक प्रहरीसँग बजेट नभएकाले किन्न नसकेको बताइएको छ । कञ्चनपुरमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर गाडी चलाउने बढ्न थालेपछि त्यहाँ रहेको जिल्ला ट्राफिक प्रहरीको आग्रहका स्थानीय भिमदत्त नगरपालिकाले हालै एउटै ब्रेथलाइजर किनिदिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

प्राय खैनी गुट्खा खाएका चालकलाई जाँच गर्दा उनीहरुले खाएको खैनी, गुट्खा ब्रेथलाइजरभित्र पर्ने भएका कारण बढी छिटो बिग्रिने गरेको ट्राफिक प्रहरीको गुनासो छ । कैलालीको अत्तरियादेखि डोटीको सिलगढीसम्म ट्राफिक प्रहरीका सात वटा जाँच पोष्ट भए पनि कुनै पनि पोष्टमा ब्रेथलाइजर नभएकाले ट्राफिक प्रहरीलाई चालकले कति प्रतिशत मादक पदार्थ सेवन गरेको छ छुट्टयाउनै मुस्किल पर्ने गरेको बताइएको छ ।

स्थानीय निकायलाई ब्रेथलाइजर किनिदिन आग्रह गरे पनि हालसम्म कसैले पनि नकिनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी बताउँछन् ।

वि.सं.२०७५ चैत ४ सोमवार ११:४७ मा प्रकाशित

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...