१)
तिमी बिना पलपल रोएर बाँचेकी छु म
रातदिन तिम्रो माया मुटुभरि साँचेकी छु म
समाजमा दुनियाँले अनेकन कुरा काटे पनि
पागल जस्तै भएर अनयासै नाचेकी छु म ।
(२)
तेरो श्रीमानले के गर्यौ भन्छन् मलाई
अब आउदैन उतै मर्यौ भन्छन् मलाई
परदेशमा राम्रो गर्दागर्दै फसाउँदो रहेछन्
हत्याको अभियोगमा पर्यो भन्छन् मलाई ।
(३)
सच्चा साबित गर्न वकील लगाएकी छु
मेरो श्रीमानको गल्ती छैन भनि धाएकी छु
बिना कारण अरूलाई फसाउनेलाई अब
दोषी प्रमाणित गरि कारागार पठाएकी छु ।
वि.सं.२०७५ चैत ९ शनिवार १०:३९ मा प्रकाशित

























