back
CTIZAN AD

भोज

वि.सं.२०७५ चैत ९ शनिवार

1K 

shares

आज रामनारायण अधिकारीको विहे अर्थात् वीरबहादुर वि.कको दौतेरीको विहे । उनीहरु दुवै समान उमेरका् । एउटै विद्यालय, एउटै कलेज अनि त्रिभूवन विश्वविद्यालय किर्तिपुरको शिक्षा संकायबाट स्नाकोत्तर गरेका अझ एउटै गाऊँका साथी पनि । रामनारायणले उसलाई स्पेशल निम्तो गरेको थियो । उ पनि आफ्नै बाले आफ्नै आरनमा तयार गरेको काँसको बुट्टेदार टलकटल्केको किस्ती उपहार लिएर आएको थियो ।

रामनारायणले सपरिवार निम्तो दिएको थियो । बालाई “बुवा कसै गरी आउनु होला है !” भनेको थियो ।

स्कुल पढ्दा उनीहरु मात्रै रामे र वीरे थिए । पछि कलेज र विश्व विद्यालयमा प्रवेश गरेपछि रामनारायणजी र वीरबहादुरजी भएका थिए । दाजुभाइ जस्तै थिए जात फरक भएपनि ।
विहे घरको आँगन टेक्ने वित्तिक्कै रामनारायणले परैबाट देखेछ, उ टीकाटालो चलिरहेको ठाउँबाट उठेर स्वागत गर्न आयो । पोलिथिनको झोलामा काँसको बुट्टेदार किस्ती प्रष्टै देखिन्थ्यो । वीरबहादुरको बुवाले बेहुला र बेहुलीलाई टीका लगाई दिएर दक्षिणा सहित त्यही किस्ती उपहार दिए ।

रामनारायणले उनीहरुलाई भत्तेर स्थलमा लिएर गए । त्यहाँ हेमकुमार परियार, अग्नी नेपाली लगायतकाहरु खाँदै रहेछन् । टेबुलमा शहरको भोजमा जस्तै खानेकुरा सजिएका थिए ।

भोजको प्रशंसा गर्दै थिए । रामनारायण एक छिन है भनेर अर्कोतिर गए । वीरबहादुरले पनि हुन्छ भन्दै उ गएतिर हेर्यो, पल्लो भोज स्थलमा श्यामबहादुर कार्की, रमेश न्यौपाने, नारायण पौडेलहरु रहेछन । यता जस्तै उस्तै खानाका परिकारहरु थिए । उनीहरुको भोज स्थलदेखि मात्रै ६ फिटको दूरीको फरकमा तिनीहरुको भोजस्थल थियो । वीरबहादुरलाई खै के भो कुन्नी उसले मुखमा लगाउन आँटेको गाँस प्लेटमै राखेर खानाको प्लेट भूईमा राख्यो । उसका बा आमा मज्जाले खाई रहेका थिए । उ सुटुक्क बाहिरियो विहे घरबाट । उ निस्केको रमेशले देखेछ र रामनारायणलाई भन्यो ‘वीरबहादुर केही नभनि नखाई हिड्यो त, के भो ?’

‘खै, के भए छ त त्यो डाँग्रालाई !’ रामनारायणले छक्क पर्दै भन्यो ।

टीकाटालो स्थलमा भने रामनारायणकी आमाले काँसे किस्तीमा फलफूल र चोखो पानी राख्दै थिईन् ।

वि.सं.२०७५ चैत ९ शनिवार १०:४३ मा प्रकाशित

बलेको मिठाई

बलेको मिठाई

गएको राति पनि म झसङ्ग ब्युँझिएँ । सपनामा बले आएको...

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...