back
CTIZAN AD

अङ्गीकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा अमान्य : ऊर्जा मन्त्री शर्मा

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

696 

shares

janardhan-sharma

२३ कात्तिक, सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले अङ्गीकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सल्यानले हिजो बेलुकी सल्यानको श्रीनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले अहिले संविधान संशोधनमार्फत अङ्गीकृत नागरिकलाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र आफूलाई समेत अमान्य रहेको बताउनुभयो ।

अङ्गीकृत नागरिकता पाएकालाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र मलाई समेत मान्य छैन उहाँले भन्नुभयो, “यो हुनै नसक्ने कुरा बाहिर आउनु हल्ला मात्रै हो ।” अहिले बाहिर आएजसरी संविधान संशोधनको तयारी नभएको भन्दै शर्माले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनमा आएका हल्ला उपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रस्ताव मात्रै भएको र निर्णय नभएको बताउनुभयो ।

ऊर्जामन्त्री शर्माले प्रधानमन्त्री, नेकपा (एमाले) अध्यक्ष र नेपाली काँग्रेस सभापतिको छलफलपछि मात्रै महाअभियोग प्रस्ताव अघि बढाइएको उहाँले बताउनुभयो । त्यस दिन पटक पटकको तीन दलका नेता अनि मेरो र प्रधानमन्त्रीको बैठक भएको हो, उहाँले भन्नुभयो । सहमतिबाटै ल्याइएको महाअभियोग प्रस्ताव पनि तीन दलकै सहमतिअनुसार पारित हुन्छ । उहाँले लोकमानले समानान्तर सत्ता चलाएकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताउनुभयो ।

अहिले सहमतिका लागि छलफल भइरहेको र सहमति भएपछि मात्रै संविधान संशोधन गरिने बताउनुभयो । अहिले सरकारको मुख्य काम संविधान कार्यान्वयन, स्थानीय निर्वाचनको मिति घोषणा गर्नु रहेको पनि मन्त्री शर्माले बताउनुभयो ।

ऊर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अघि सारेर नेपालका जलविद्युत्मा जनताले चाहेजति लगानी गर्नका लागि काम अघि बढाइरहेको उहाँले बताउनुभयो । तुलसीपुर–सल्यान ३३ केभी विद्युत् प्रसारण लाइन तीन महिनाभित्र स्तरोन्नति गरिसक्ने, सल्यानको श्रीनगरमा निर्माणाधीन विद्युत् सव–स्टेसनको काम दुई महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाउनुभयो ।

ऊर्जामन्त्री शर्माले आफू मन्त्री भएर काम सुरु गरेको दुई महिना मात्रै भएकाले आफूले नीतिगत रुपमा नेपालको विद्युत्को विकासका लागि काम सुरु गरेको बताउनुभयो । सल्यानमा शारदा जलाशय निर्माण गरी प्रतिपरिवार रु एक लाख सेयर हाल्ने र सबै सल्यानीलाई धनी बनाउने गरी आफूले काम अघि बढाएको उहाँले दाबी गर्नुभयो । “२२ अर्बको लगानीमा सल्यानको कालीमाटीमा ९३ मेगावाटको शारदा जलाशययुक्त विद्युत् आयोजना अघि बढाउने निर्णय मैले गरिसकेको छु”– उहाँले भन्नुभयो ।

भेरी नदीमा १६ वटा विद्युत् आयोजनाको सम्भावना देखिएको भन्दै ऊर्जामन्त्री शर्माले नलसिङगाड, उत्तरगङ्गा लगायतका जलविद्युत् आयोजनामा लगानी गर्नसमेत नागरिकलाई आग्रह गर्नुभयो ।

यसैबीच, मन्त्री शर्मालाई सल्यान उद्योग वाणिज्य सङ्घले जिल्लाको विद्युत् विकासका लागि ज्ञापनपत्र बुझाएको छ ।

विद्युत् प्राधिकरणको रुकुम वितरण केन्द्र उद्घाटन

यसैबीच, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको रुकुम वितरण केन्द्र कार्यालयको हिजोै उद्घाटन गर्नुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय, नेपालगन्जको आयोजनामा भएको उक्त उद्घाटन कार्यक्रममार्फत् हिजोदेखि रुकुममा वितरण केन्द्रको कार्यालय सञ्चालन हुनेछ । रुकुममा वितरण केन्द्र स्थापना गरिएसँगै जिल्लामा केन्द्रीय लाइन बिस्तारका लागि बाटो खुलेको छ । प्राधिकरणले छिट्टै रुकुममा नै सवस्टेशनसमेत स्थापना गर्नेछ ।

त्यसका लागि पनि गृहकार्य सुरु भइरहेको कार्यालयले जानकारी दिएको छ । रुकुममा केन्द्रीय लाइन बिस्तारका लागि दशकअघिदेखि पहल गरिएको भए पनि काम प्रभावकारी नहुँदा आयोजना त्यसै लथालिङ्ग भएको थियो । रुकुममा केन्द्रीय प्रसारण लाइन आउने भएपछि रुकुमेली जनता खुसी भएका छन् ।

यसअघि रुकुममा जिल्लाकै स्यार्पुतालबाट उत्पादित विद्युत् सञ्चालनमा थियो तर उक्त विद्युत् आयोजना पनि नेपाल विद्युत प्राधिकरणकै स्वामित्वमा थियो । रुकुमेली विद्युत ऊर्जा विकास उपभोक्ता समिति रुकुमले भाडामा लिएर विद्युत् सञ्चालन गरिरहेको थियो । यसअघि नै सकिसकेका कारण अब सिधै रुकुमको विद्युत् पनि प्राधिकरणमार्फत सञ्चालन हुनेछ । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:५९ मा प्रकाशित

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फ...

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले...

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान...