back
CTIZAN AD

नेपाली आप्रवासी कामदारको हकहितको सुरक्षा प्राथमिकतामा

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

972 

shares

 

prakash-sharan-mahat

२३ कात्तिक, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहित, सुविधा र सुरक्षाका लागि गर्नुपर्ने कार्यलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग हिजो मन्त्रालयमा भएको भेटमा उहाँले नेपालका लाखौंँ व्यक्ति वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा रहेकाले ती देशसँगको कूटनीतिक सम्बन्धलाई प्राथमिकतामा राखेर उनीहरूको सुविधा र सुरक्षाका विषयमा ध्यान दिइएको बताउनुभयो ।

नेपालका विदेशी नियोगमा कार्यरत जनशक्तिलाई आप्रवासी नेपाली कामदारको हितमा प्रवर्धन गर्न र थप जनशक्तिको आवश्यकता भएका स्थानमा व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग दरबन्दीको स्वीकृतिका लागि पनि पहल गरिएको जानकारी मन्त्री डा महतले दिनुभयो । मन्त्री डा महतले नेपालका हिमालमा जलवायु परिवर्तनको असर पर्दा त्यसले नेपाललाई मात्र नभई सिङ्गो दक्षिण एसियालाई नै प्रभाव पार्ने भएकाले यसतर्फ आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा विश्व समुदायको ध्यानाकर्षण गराउने गरेको जानकारी पनि दिनुभयो ।

भेटका क्रममा मानवताविरुद्धको अपराध रोक्ने उद्देश्यले जारी भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान(रोम विधान) लाई नेपालले अनुमोदन गर्न गरेको अनुरोधको सम्बोधन हुने प्रतिबद्धता पनि मन्त्री डा महतले व्यक्त गर्नुभयो ।

मन्त्री डा महतलाई बुझाइएको ध्यानाकर्षणपत्रमा समाजले नेपाली आप्रवासीको अधिकार संरक्षणको लागि नेपाल सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको थियो । समाजले नेपाली कामदारबारे अन्य मुलुकसँग श्रम सम्झौता गर्दा आप्रवासी कामदारको अधिकारका विषयलाई विशेष ध्यान दिन तथा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको दुष्प्रभावबाट हिमालय क्षेत्रलाई बचाउन र हिमालय क्षेत्रको संरक्षणका लागि विशेष कार्ययोजना ल्याउन मन्त्री डा महतसँग आग्रह गरेको थियो ।

समाजका सभापति गङ्गाधर अधिकारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलमा पूर्वसभापति होमकान्त चौलागाईं संस्थापक सदस्य कृष्ण कँडेल लगायत केन्द्रीय पदाधिकारी र सदस्य हुनुहुन्थ्यो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:३५ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...