back

नेपाली आप्रवासी कामदारको हकहितको सुरक्षा प्राथमिकतामा

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

765 

shares

 

prakash-sharan-mahat

२३ कात्तिक, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहित, सुविधा र सुरक्षाका लागि गर्नुपर्ने कार्यलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग हिजो मन्त्रालयमा भएको भेटमा उहाँले नेपालका लाखौंँ व्यक्ति वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा रहेकाले ती देशसँगको कूटनीतिक सम्बन्धलाई प्राथमिकतामा राखेर उनीहरूको सुविधा र सुरक्षाका विषयमा ध्यान दिइएको बताउनुभयो ।

नेपालका विदेशी नियोगमा कार्यरत जनशक्तिलाई आप्रवासी नेपाली कामदारको हितमा प्रवर्धन गर्न र थप जनशक्तिको आवश्यकता भएका स्थानमा व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग दरबन्दीको स्वीकृतिका लागि पनि पहल गरिएको जानकारी मन्त्री डा महतले दिनुभयो । मन्त्री डा महतले नेपालका हिमालमा जलवायु परिवर्तनको असर पर्दा त्यसले नेपाललाई मात्र नभई सिङ्गो दक्षिण एसियालाई नै प्रभाव पार्ने भएकाले यसतर्फ आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा विश्व समुदायको ध्यानाकर्षण गराउने गरेको जानकारी पनि दिनुभयो ।

भेटका क्रममा मानवताविरुद्धको अपराध रोक्ने उद्देश्यले जारी भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान(रोम विधान) लाई नेपालले अनुमोदन गर्न गरेको अनुरोधको सम्बोधन हुने प्रतिबद्धता पनि मन्त्री डा महतले व्यक्त गर्नुभयो ।

मन्त्री डा महतलाई बुझाइएको ध्यानाकर्षणपत्रमा समाजले नेपाली आप्रवासीको अधिकार संरक्षणको लागि नेपाल सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको थियो । समाजले नेपाली कामदारबारे अन्य मुलुकसँग श्रम सम्झौता गर्दा आप्रवासी कामदारको अधिकारका विषयलाई विशेष ध्यान दिन तथा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको दुष्प्रभावबाट हिमालय क्षेत्रलाई बचाउन र हिमालय क्षेत्रको संरक्षणका लागि विशेष कार्ययोजना ल्याउन मन्त्री डा महतसँग आग्रह गरेको थियो ।

समाजका सभापति गङ्गाधर अधिकारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलमा पूर्वसभापति होमकान्त चौलागाईं संस्थापक सदस्य कृष्ण कँडेल लगायत केन्द्रीय पदाधिकारी र सदस्य हुनुहुन्थ्यो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:३५ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

देवदह (रुपन्देही) । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र...

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

  काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...