back

अङ्गीकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा अमान्य : ऊर्जा मन्त्री शर्मा

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

405 

shares
GLOBAL IME AD
NTC AD

janardhan-sharma

२३ कात्तिक, सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले अङ्गीकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सल्यानले हिजो बेलुकी सल्यानको श्रीनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले अहिले संविधान संशोधनमार्फत अङ्गीकृत नागरिकलाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र आफूलाई समेत अमान्य रहेको बताउनुभयो ।

अङ्गीकृत नागरिकता पाएकालाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र मलाई समेत मान्य छैन उहाँले भन्नुभयो, “यो हुनै नसक्ने कुरा बाहिर आउनु हल्ला मात्रै हो ।” अहिले बाहिर आएजसरी संविधान संशोधनको तयारी नभएको भन्दै शर्माले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनमा आएका हल्ला उपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रस्ताव मात्रै भएको र निर्णय नभएको बताउनुभयो ।

ऊर्जामन्त्री शर्माले प्रधानमन्त्री, नेकपा (एमाले) अध्यक्ष र नेपाली काँग्रेस सभापतिको छलफलपछि मात्रै महाअभियोग प्रस्ताव अघि बढाइएको उहाँले बताउनुभयो । त्यस दिन पटक पटकको तीन दलका नेता अनि मेरो र प्रधानमन्त्रीको बैठक भएको हो, उहाँले भन्नुभयो । सहमतिबाटै ल्याइएको महाअभियोग प्रस्ताव पनि तीन दलकै सहमतिअनुसार पारित हुन्छ । उहाँले लोकमानले समानान्तर सत्ता चलाएकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताउनुभयो ।

अहिले सहमतिका लागि छलफल भइरहेको र सहमति भएपछि मात्रै संविधान संशोधन गरिने बताउनुभयो । अहिले सरकारको मुख्य काम संविधान कार्यान्वयन, स्थानीय निर्वाचनको मिति घोषणा गर्नु रहेको पनि मन्त्री शर्माले बताउनुभयो ।

ऊर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अघि सारेर नेपालका जलविद्युत्मा जनताले चाहेजति लगानी गर्नका लागि काम अघि बढाइरहेको उहाँले बताउनुभयो । तुलसीपुर–सल्यान ३३ केभी विद्युत् प्रसारण लाइन तीन महिनाभित्र स्तरोन्नति गरिसक्ने, सल्यानको श्रीनगरमा निर्माणाधीन विद्युत् सव–स्टेसनको काम दुई महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाउनुभयो ।

ऊर्जामन्त्री शर्माले आफू मन्त्री भएर काम सुरु गरेको दुई महिना मात्रै भएकाले आफूले नीतिगत रुपमा नेपालको विद्युत्को विकासका लागि काम सुरु गरेको बताउनुभयो । सल्यानमा शारदा जलाशय निर्माण गरी प्रतिपरिवार रु एक लाख सेयर हाल्ने र सबै सल्यानीलाई धनी बनाउने गरी आफूले काम अघि बढाएको उहाँले दाबी गर्नुभयो । “२२ अर्बको लगानीमा सल्यानको कालीमाटीमा ९३ मेगावाटको शारदा जलाशययुक्त विद्युत् आयोजना अघि बढाउने निर्णय मैले गरिसकेको छु”– उहाँले भन्नुभयो ।

भेरी नदीमा १६ वटा विद्युत् आयोजनाको सम्भावना देखिएको भन्दै ऊर्जामन्त्री शर्माले नलसिङगाड, उत्तरगङ्गा लगायतका जलविद्युत् आयोजनामा लगानी गर्नसमेत नागरिकलाई आग्रह गर्नुभयो ।

यसैबीच, मन्त्री शर्मालाई सल्यान उद्योग वाणिज्य सङ्घले जिल्लाको विद्युत् विकासका लागि ज्ञापनपत्र बुझाएको छ ।

विद्युत् प्राधिकरणको रुकुम वितरण केन्द्र उद्घाटन

यसैबीच, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको रुकुम वितरण केन्द्र कार्यालयको हिजोै उद्घाटन गर्नुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय, नेपालगन्जको आयोजनामा भएको उक्त उद्घाटन कार्यक्रममार्फत् हिजोदेखि रुकुममा वितरण केन्द्रको कार्यालय सञ्चालन हुनेछ । रुकुममा वितरण केन्द्र स्थापना गरिएसँगै जिल्लामा केन्द्रीय लाइन बिस्तारका लागि बाटो खुलेको छ । प्राधिकरणले छिट्टै रुकुममा नै सवस्टेशनसमेत स्थापना गर्नेछ ।

त्यसका लागि पनि गृहकार्य सुरु भइरहेको कार्यालयले जानकारी दिएको छ । रुकुममा केन्द्रीय लाइन बिस्तारका लागि दशकअघिदेखि पहल गरिएको भए पनि काम प्रभावकारी नहुँदा आयोजना त्यसै लथालिङ्ग भएको थियो । रुकुममा केन्द्रीय प्रसारण लाइन आउने भएपछि रुकुमेली जनता खुसी भएका छन् ।

यसअघि रुकुममा जिल्लाकै स्यार्पुतालबाट उत्पादित विद्युत् सञ्चालनमा थियो तर उक्त विद्युत् आयोजना पनि नेपाल विद्युत प्राधिकरणकै स्वामित्वमा थियो । रुकुमेली विद्युत ऊर्जा विकास उपभोक्ता समिति रुकुमले भाडामा लिएर विद्युत् सञ्चालन गरिरहेको थियो । यसअघि नै सकिसकेका कारण अब सिधै रुकुमको विद्युत् पनि प्राधिकरणमार्फत सञ्चालन हुनेछ । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:५९ मा प्रकाशित

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख...

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको...

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

आजको मौसम विवरण : यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आजको मौसम विवरण : यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : प्रचण्ड दाहाल

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : प्रचण्ड दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...