धन्य प्रभु, यसरि दूत नै पठाएर उद्धार गर्नु होला भन्ने त लागेकै थिएन । अस्पतालको बेडमा पुगेपछि शिवरामले दुई हात जोडेर आरध्य देवको पुकार ग¥यो । त्यसपछि उ फेरि ओछ्यानमै ढल्यो । एक बोतल पानी चढाए पछि उसका आँखा अलि तेजिला भए । उसले चारैतिर नजर लगायो । आप्mना वरिपरि डाक्टर र नर्सहरु देवदूत जस्तै घेरेर वसेका थिए । कसरी यो चमत्कार भयो ? मनमनै आफैँसँग प्रश्न ग¥यो । ओ हो प्रभुको लिला भन्दै अजस्र आँसु बगाएर घुँक्क घुँक्क गर्न थाल्यो ।
शिवराम ५५ जति काटेको रिक्सा चालक । छ वर्ष अघि बबईमा ठूलो बाढी आउँदा बुढाबुढीले आप्mनो ज्यानबाहेक केही जोगाउन सकेनन् । न घर न खेत, केही बाँकि रहेन । पूरै सुकुम्वासी । उ काम खोज्दै शहरतिर पसेर रिक्सा चलाउन थाल्यो । शुरुमा भाडाको रिक्साबाट राम्रो आम्दानी ग¥यो । उ निकै बलियो पनि थियो । त्यसपछि उसले आप्mनै रिक्सा किन्यो । तर पछि भने पैसा जोगाउन सकेन । शरीर कमजोर बन्दै गयो, विभिन्न रोग देखा परे । काम गर्ने समय पनि घट्यो । विहान बेलुका छाक टार्नुबाहेक उसले पैसाको जोहो गर्न सकेन । पटकपटक विरामी हुँदा पनि अस्पताल नगई झारफुकमै अल्भ्mयो ।
कलेजो सुन्निने रोगले पुरै जिउ फुलेको छ । सास फेर्न मुस्किल छ । अचेल त दम बढेर स्वाँ स्वाँ पनि आउँछ, रिक्सा चलाउनै सक्तैन । नचलाई मुखमा माड लाग्ने होइन, चलाऊँ ज्यानै जाला जस्तो हुन्छ । छिनछिनमा थरर कामेर ढलिहाल्ला जस्तो हुन्छ । अस्ति त रिक्सा चलाउँदै गर्दा बाटोमै ढलेछ । चिनेजानेकाले अस्पताल पु¥याएर बुढीलाई खवर गरिदिए । डाक्टरले ‘सवै जाँच गर्नुपर्छ, भर्ना भएर उपचार गर्नलाई दश हजार जति जम्मा गर्नु’ भने पछि उसको होस हवासै उढ्यो । यताउता विचार ग¥यो । आउने बाटो केही भेटेन । ‘अलिअलि कमाएर मात्र उपचार गर्न आउनु पर्ला’ भन्दै फर्किने तरखर ग¥यो । तर हिड्ने आँट भएन । साथीले रिक्सामा बसालेर डेरासम्म ल्याइदियो । बुढाको चप्पल बोकेर बुढी पनि पछिपछि आई ।
डेरामा पुगेर बुढाबुढीले एक अर्कालाई हेरेर खुइया गरे । दम निकै फुलेर आयो । शिवराम खोक्दा खोक्दै पिंडीमा ढल्यो । बुढीले काखमा राखेर सुमसुम्याई र पानी खुवाई ।
‘तिमीलाई निकै साह्रो पा¥यो त बुढा, ओखतिमुलो नगरी त कसरी विसेक होला ?’ बुढीले निन्याउरो मुख लगाएर मायाँ देखाई ।
‘अहिले दाम नभएर हो, उपचार त गरौँला न, म एकथोक न एकथोक गर्छु, किन डराउँछेस’ बुढाले ढाडस दिन खोज्यो ।
‘अस्पताल पुगेर पनि केही गर्न सकिएन । त्यसै फर्किनु प¥यो । अरु उपती छैन, यही रिक्सा बेचौँ, तिमी नै नभए यो रिक्सा कस्ले चलाउँछ ? बाँचेपछि जे होला होला’ डर मानी मानी बुढीले आग्रह गरी ।
‘पुँजीको नाममा त्यही एउटा रिक्सा छ, यसलाई बेचेर कसरी जिविका चलाउने ? खानु पनि त प¥यो ।’ शिवरामले इन्कार गर्दै भन्यो ।
‘जिउ रहे उपाय पनि त आउला, रिक्सा ज्यान भन्दा ठूला त होइन नि ?’बुढीले ढिपी कसी ।
‘अहँ, म त ज्यान गए रिक्सा बेच्दिन’ उसले हडबडिदै अड्डि कस्यो ।
निकै वेर बाहिरै बसेर बुढाबुढीले औधषिमुलोको कुरा गरे, तर खर्च जुटाउने उपाय सुझेन ।
आपूmले हरेस खाए पछि बुढी झन् आत्तिन्छे भनेर, ‘भोलि चिनेका साहुसँग सापटीको कुरा गर्छु, अहिले सुत’ भन्यो ।
भोलिपल्ट उ यताउता चल्नै सकेन । ओछ्यानमा लम्पसार परेरै वितायो ।
‘काममा जान सकिएन, अव यसरी कति दिन चल्ला ?’ भन्दै चिन्तित अनुहार बुढीतिर फर्कायो ।
बुढाको थरथराएको ओठ देखेर बुढी खङरङ्ग भई । ‘ हे राम’ भन्दै नजिकै आएर वसी ।
शिवरामको ओठमुख सवै सुकिसकेका छन्, खान केही मन छैन् । बरु पाएदेखि आँखा चिम्म गरेर एक गिलास घुट्क्याएर ढल्न मन छ । तर बुढीलाई भन्ने आँट छैन ।
पहिले देखि नै बुढीले ‘यस्ता मात्ने कुरा नखाऊ, शरीर गलेको छ’ धेरै पटक भनेकि हो, तर उसले टेरेन । बुढीले भनेका दिन त झन उसलाई मातेर हल्लिदै आउन मन लाग्थ्यो । केटाकेटी जस्तै जिद्धिवाल । यसो गर्दा गर्दै उ थला प¥यो । अहिले ओखतिमुलो गर्न नै नसक्ने गरी ढल्यो ।
बुढीको मन मानेन । ‘आखिर बुढा गए भने म बाँचेर के सार हुन्छ र ? यो रिक्साको पनि के काम ? बेचेर भए पनि बुढालाई त बचाउनै पर्छ ।’ यही सोचेर उ छरछिमेकसँग हार गुहार गर्न गई । तर शिवरामले मानेन । रिक्सा बेच्ने कुरा सुनेर असाध्य चित्त दुखायो । आपूmले रिक्सा किन्नका लागि गरेका दुःख सम्झेर उ रुन थाल्यो । ‘यो रिक्सा बेच्नु भन्दा म त्यही माथि बस्छु आगो लगाइ दे’ सम्म भन्न भ्यायो ।
त्यस्तैमा त्यो दिन वित्यो । तर अर्को दिन विहान नौ नबज्दै अस्पतालको एम्बुलेन्स डेरामै लिन आयो । एम्बुलेन्समा अर्काे एक जना परिचित रिक्साचालक पनि थियो । उ पनि बाहिर आएर बुढा बुढीलाई एम्बुलेन्समा चढ्न सघायो । एकैछिनमा उनीहरु अस्पताल पुगे । तर यो कसरी भयो ? शिवरामले बुभ्mन सकेको थिएन । शुरुमा त यही रिक्साचालक साथीले पो केही उपाय निकाले छ कि भन्ने लाग्यो । उ पनि भर्ना भएर अस्पतालको बेडमा सुत्यो । उ विरामी भएको त थाहा थिएन, किन अस्पतालमा भर्ना भयो बुझेन । शिवरामले अस्पताल कोठाको पल्लो छेउसम्म हे¥यो । अस्पतालका सवै बेडहरु भरिभराउ थिए । अरु पनि चिनेका रिक्साचालकहरु त्यहाँ थिए । यो देखेर उसले साच्चि नै आश्चर्य मान्यो ।
केही क्षणपछि डाक्टर आएर उसको नारी छामे, आँखा पल्टाएर हेरे, छाती ढाड पनि जाँचे, तर केही भनेनन् । शिवराम आफैँले आँट गरेर सोध्यो, ‘सर मलाई यहाँ कस्ले ल्याइदिएको हो ? म त वेखर्ची भएर मर्नु न बाँच्नु भइसकेको थिएँ । खर्चबर्च त गाह्रो छ, के कसो हुने हो ?’
डाक्टर मुस्कुराए र शिवराम नजिक आएर विस्तारै भने, ‘खर्चको धन्दा मान्नु पर्दैन । यहाँ बसेको दिनको पाँच सय रुपियाँ पनि पाउनु हुन्छ ।’ डाक्टरको कुरा सुनेर शिवराम छक्क पर्दै बुढीतिर हेरेर फिसिक्क हाँस्यो ।
बुढीले कुरा बुझिन्, छटपट छटपट गर्दै बुढालाई एकोहोरो हेर्दै बसी ।
डाक्टर गए पछि बुढाको नजिकै आएर सोधी ‘डाक्टरले के भनेर गए हँ ?’
‘कुरा त राम्रै रहेछ । अलिअलि खर्च आउने जस्तो कुरा पनि छ । भगवान दाहिना भए कि, अहिले चुप लाग’ भन्यो ।
दुवै जना अलमलमै थिए, केही भेउ पाउन सकेनन् ।
दिउँसोतिर थुप्रै डाक्टरहरु आए, तर कसैसँग केही बोलेनन् । सरसर्ती हेरेर निस्के । त्यसपछि त्यहाँ कुनै डाक्टर फर्किएर आएनन् । शिवरामको कुनै उपचार पनि भएन । बरु भोलिपल्ट विहानै अस्पतालको एम्बुलेन्सले उसलाई घरमै लगेर छोडिदियो । शिवरामकी बुढीको हातमा पाँच सय रुपयाँ राखेर फर्कियो ।
बुढाको मुखतिर हेर्दै उसले भनि, ‘यो पैसा हामीलाई किन द्या हो, उपचारै गरिदिएको भए पनि त हुने ।’
अस्पतालले किन यस्तो ग¥यो, उनीहरु दुवैले बुभ्mन सकिरहेका थिएनन् । उपचारै नगरी एकै दिनमा घरमै ल्याएर छोडेकोमा शिवरामले खूव चित्त दुखायो । उल्टै पाँच सय रुपियाँ दिएर गएकोमा उसले आप्mनो गरिवीमाथि ठूलो व्यङग्य गरेको अनुभूति ग¥यो ।
‘यस्तो विरामी शरीरलाई थिलथिलो पारेर गाडीमा हालेर ओहरदोहर गर्नुभन्दा दुई चार दिन राखेर उपचारै गरिदिएको भए त हुने नि’, बुढाले दुखेसो पोख्यो ।
‘त्यै त म पनि छक्क परेकि छु, हामीलाई किन यस्तो जात्रा गरेका हुन ।’ बुढीले सुस्केरा हाल्दै थपी ।
यो जात्रा बुढाबुढीले बुभ्mने खालको थिएन । उनीहरुलाई मेडिकल कलेजले लगेको थियो । अरु थुप्रै मेडिकल कलेजका अस्पतालमा जस्तै शिवरामलाई लाने अस्पतालमा पनि चाहिने जति विरामी भर्ना हुँदैनथे । शिवराम जस्ताले त अस्पतालको शुल्क सुनेरै मूच्र्छा पर्ने स्थिति थियो । तर, बेड संख्याको आधारमा हुनुपर्ने विरामी संख्या नभए मेडिकल कलेज कारवाहीमा पर्ने खतरा थियो । काठमाडौबाट निरीक्षण टोली आएको सुईँको पाउनसाथ नजिकका मजदुरहरुलाई दैनिक पाँच सय दिएर भर्नाको नाटक गरिएको थियो । त्यही षड्यन्त्रको जालोमा शिवराम पनि प¥यो । टोली फर्किनासाथ शिवरामलाई उपचारै नगरी फिर्ता गरियो ।
घर पुग्नासाथ शिवरामका बुढाबुढी मानसिक रुपमा निकै हतास बने । शिवराम आलसतालस भयो । जसरी पनि बुढाको उपचार त गर्नैपर्छ भन्ने बुढीलाई लाग्यो । उ फेरि रिक्सा किनिदिने मानिसको खोजिमा निस्की । भोलिपल्ट एकजना मानिस त आयो तर देख्नासाथ ‘पुरानो रिक्सा रैछ, आठ हजारसम्म दिन्छु’ भन्यो । शिवरामले त रिक्सा बेच्न चाहकै थिएन, तै पनि भन्यो, ‘त्यतिले मेरो उपचार गर्नै पुग्दैन, दश हजारसम्म दिनु न ’। तर साहुले मानेन ।
कति गर्दा पनि नमाने पछि उसले आत्मासमर्पण गर्दै रिक्सा दिन मन्जुरी दियो ।
भोलिपल्ट पैसा दिएर साहुले रिक्सा लाने भयो ।
रिक्सा बेच्ने निर्णयले शिवराम रातभरि सुत्न सकेन । उसलाई आधा शरीर नै काटेर लान लागे जस्तो भयो । एक मनले उसलाई रिक्सा नदिउँ कि भन्ने पनि भयो । तर मरिहालियो भने कस्ले चलाउँछ ? बुढीले पनि दुख पाउँछे भन्ने भयो । जे होला होला भनेर उसले चित्त बुझायो ।
आप्mनो जीवन धान्ने रिक्सा बेच्नु परेकोमा उसलाई असह्य पीडा भइरहेको थियो । उसको मानसपटलमा रिक्सा किन्दाका दुखहरु झलझल आइरहेका थिए ।
उ भोलिपल्ट विहानै उठेर सकिनसकि छेउमा गएर रिक्सा सुमसुम्यायो । कपडाको टुक्रा निकालेर पुच्छन थाल्यो । यो देखेर बुढीले खप्न सकिन । बाहिर बुढाको छेउमा आई । ‘मेरो बेच्ने भनेको तिमीलाई सुम्पेको शरीरबाहेक केही रहेनछ । तिम्रो सम्पति बेच्ने अपराध गरेँ मलाई क्षमा गर’ भन्दै छाँद हालेर रोई ।
यो हृदयविदारक अवस्थाले शिवराम अर्ध चेत जस्तै भयो । बुढीले बोकेर विस्तारै भित्र लगेर सुताई । एकैछिनमा साहु आएर पैसा गन्यो र रिक्सा लिएर हिड्यो ।
आप्mनो सन्तान जस्तै लाग्ने रिक्सा अरुले डो¥याउँदै लगेको देख्दा, शिवरामलाई मुटु नै चुँडेर लगेजस्तै भयो । खप्न सकेन । अचानक उसको सास बढेर आयो र डङरङ्ग ओछ्यानमा ढल्यो ।
बुढीलाई पनि सन्तोष त कहाँ थियो र ? लोग्ने नै अरुलाई सुम्पे जस्तो भइरहेको थियो । भित्र देखि हिक्क–हिक्क हुँदै पीडाको ज्वाला आए पनि लोग्नेलाई बचाउन सक्ने आसमा पैसा समातेर उ भित्र पसी । तर मुख बाएर ढलेको शिवरामको शरीर पुरै चिसो भइसकेको थियो ।