back
CTIZAN AD

‘मिल्क होली डे’ समाप्त पारिने

वि.सं.२०७५ चैत २७ बुधवार

642 

shares

२७ चैत, विराटनगर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित विराटनगर महानगरपालिकासँगको साझेदारीमा पशु बधशाला निर्माण÷सुधार तथा दुग्ध सहकारी संस्था र डेरी उद्यमीसँगको साझेदारीमा मिल्क पाउडर प्लान्ट स्थापना कार्यक्रम सञ्चालनका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा उनले कृषि क्षेत्रमा १ नं रहेको प्रदेश नं १ मा पर्यटन, कृषि, जलस्रोतको विकास गर्न सरकार आवश्यक अध्ययन गरिरहेको चर्चा गरेका छन् ।

मुख्यमन्त्री राईले आम नागरिकलाई स्वस्थकर मासु खान बन्ने बधशाला र मिल्क पाउडर प्लान्ट गुणस्तरीय र जनतालाई सेवा दिने किसिमको हुनुपर्ने बताउँदै बधशाला नमूना, आधुनिक र सुविधाजनक हुनुपर्नेमा जोड दिए ।

पशु व्यवसाय गर्ने किसानले उत्पादन गर्ने दूध बजारमा बिक्री नहुँदाको पीडालाई कम गर्न पाउडर प्लान्टले मद्दत गर्ने र यसबाट दुग्ध उत्पादक कृषक लाभान्वित हुने भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले बलियो इच्छाशक्तिबाट काम गरिरहेको चर्चा गरे ।

प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताका समस्या र अप्ठ्यारालाई कम गर्न प्रदेश सरकार दत्तचित भएर काम गरिरहेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव हस्तबहादुर विष्टले प्रदेश सरकारको नीति तथा योजनामा समावेश भएको यस्ता कार्यक्रमले प्रदेशभरिका दुग्ध उत्पादक किसान र स्वस्थकर मासु खाने उपभोक्ता लाभान्वित हुने बताएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख अधिकृत एकदेव अधिकारी र कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का अध्यक्ष बाबुराम खत्रीले सरकारले लिएको तीन खम्बे अर्थ नीति अनुसार निजी, साझेदारी र सहकारीमार्फत हुने यस्ता काम समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विराटनगर महानगरपालिका वडा नं.८ स्थित नगरपालिकाको स्वामित्वमा रहेको एक विघा आठ कठ्ठा १० धुर जग्गामा रु.छ करोड २२ लाख ५४ हजारको लागतमा निर्माण हुने सो बधशालाका लागि प्रदेश सरकारले रु.तीन करोड सहयोग गर्ने बताइएको छ । त्यस्तै कामधेनु दुग्ध विकास सहकारी संस्था लि. तरहरामा रु.२८ करोड ६१ लाख २३ हजारको लागतमा निर्माण हुने दुग्ध पाउडर प्लान्टका लागि प्रदेश सरकारले रु.२० करोड सहयोग गरेको बताइएको छ ।

दुई वर्ष्भित्र निर्माण गरिने दुवै योजनाअन्तर्गत बधशालाका लागि सम्झौतापत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव बिष्ट र विराटनगर महानगरपालिका प्रमुख अधिकृत अधिकारी तथा दुग्ध पाउडर प्लान्टका लागि सचिव बिष्ट र कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का अध्यक्ष बाबुराम खत्री, सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवद्र्धन केन्द्र प्रा.लि.का अध्यक्ष योगेन्द्र चिमोरिया र जीवन विकास डेरी प्रोडक्ट्स प्रा.लि.का प्रवन्धक दिपेश खतिवडाले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १६:१७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...