back
CTIZAN AD

सामुदायिक विद्यालय प्रविधिमैत्री

वि.सं.२०७६ वैशाख ४ बुधवार

678 

shares

४ बैशाख, बागलुङ : गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ ।
पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ ।

‘सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक एकापसमा जोडिनेछन् । पठनपाठन, आन्तरिक व्यवस्थापन र प्रशासनिक काममा प्रविधिको प्रयोग भएको प्रधानाध्यापक विष्णुप्रसाद गौतमले बताएका छन् ।

प्रविधिको मद्दतमा विद्यार्थीको हाजिरी, व्यक्तिगत विवरण, शुल्क, लेखा व्यवस्थापन, अनलाइन गृहकार्य, नतिजा प्रतिवेदनलगायतको व्यवस्थापन हुने उहाँको भनाइ छ । ‘‘विद्यार्थी अनुपस्थित भए पनि अभिभावक कहाँ तुरुन्त मोबाइल सन्देश पुग्छ’’ प्रअ गौतमले भने,“सफ्टवेयरबाटै विद्यालयका हरेक गतिविधि र सूचना थाहा हुन्छ ।” विद्यार्थीको सिकाइ उपलब्धि र परीक्षाको नतिजा पनि मोबाइलमै हेर्न सकिनेछ ।

विद्यार्थी र अभिभावकको विवरण सफ्टवेयरमा राखेपछि सेवा सञ्चालनमा आउँछ । शिक्षक र अभिभावक दुवैले ‘सफ्टवेयर’ खाता प्रयोग गर्न सकिने सुविधा छ । विद्यालयले उत्पादकसँगबाट रु ५० हजारमा ‘सफ्टवेयर’ खरीद गरेको थियो ।
प्रविधिको प्रयोगले विद्यालयबाट सम्पादन हुने काम छरितो र व्यवस्थित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताएका छन् । विद्यालयलाई बदलिँदो समयअनुसार प्रविधियुक्त बनाउँदै लानुपर्नेमा उनको जोड छ ।

‘‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै उपाय प्रयोग गर्नुपर्छ’’ अध्यक्ष थापाले भने, “पढाइको राम्रो वातावरण दिन सकियो भने विद्यार्थी स्वतः आउँछन् ।” विसं २०२१ मा स्थापित विद्यालयले कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेको छ ।

विद्यालयले विद्यार्थी आकर्षित गर्न अभिभावक शिक्षा, घरदैलो र भर्ना अभियान चलाएको छ । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा कक्षा ११ र १२ सञ्चालनको तयारी समेत अघि बढेको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १५:०६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...