back

सामुदायिक विद्यालय प्रविधिमैत्री

वि.सं.२०७६ वैशाख ४ बुधवार

42 

shares

४ बैशाख, बागलुङ : गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ ।
पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ ।

‘सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक एकापसमा जोडिनेछन् । पठनपाठन, आन्तरिक व्यवस्थापन र प्रशासनिक काममा प्रविधिको प्रयोग भएको प्रधानाध्यापक विष्णुप्रसाद गौतमले बताएका छन् ।

प्रविधिको मद्दतमा विद्यार्थीको हाजिरी, व्यक्तिगत विवरण, शुल्क, लेखा व्यवस्थापन, अनलाइन गृहकार्य, नतिजा प्रतिवेदनलगायतको व्यवस्थापन हुने उहाँको भनाइ छ । ‘‘विद्यार्थी अनुपस्थित भए पनि अभिभावक कहाँ तुरुन्त मोबाइल सन्देश पुग्छ’’ प्रअ गौतमले भने,“सफ्टवेयरबाटै विद्यालयका हरेक गतिविधि र सूचना थाहा हुन्छ ।” विद्यार्थीको सिकाइ उपलब्धि र परीक्षाको नतिजा पनि मोबाइलमै हेर्न सकिनेछ ।

विद्यार्थी र अभिभावकको विवरण सफ्टवेयरमा राखेपछि सेवा सञ्चालनमा आउँछ । शिक्षक र अभिभावक दुवैले ‘सफ्टवेयर’ खाता प्रयोग गर्न सकिने सुविधा छ । विद्यालयले उत्पादकसँगबाट रु ५० हजारमा ‘सफ्टवेयर’ खरीद गरेको थियो ।
प्रविधिको प्रयोगले विद्यालयबाट सम्पादन हुने काम छरितो र व्यवस्थित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताएका छन् । विद्यालयलाई बदलिँदो समयअनुसार प्रविधियुक्त बनाउँदै लानुपर्नेमा उनको जोड छ ।

‘‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै उपाय प्रयोग गर्नुपर्छ’’ अध्यक्ष थापाले भने, “पढाइको राम्रो वातावरण दिन सकियो भने विद्यार्थी स्वतः आउँछन् ।” विसं २०२१ मा स्थापित विद्यालयले कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेको छ ।

विद्यालयले विद्यार्थी आकर्षित गर्न अभिभावक शिक्षा, घरदैलो र भर्ना अभियान चलाएको छ । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा कक्षा ११ र १२ सञ्चालनको तयारी समेत अघि बढेको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १५:०६ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख...

७० वर्ष पुगेपछि चाहियो नागरिकता

७० वर्ष पुगेपछि चाहियो नागरिकता

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...