back
CTIZAN AD

लागुऔषध बरामद

वि.सं.२०७६ वैशाख २३ सोमवार

1.3K 

shares

२३ वैशाख, धादिङ । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज बिहान प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

गाडीको पछाडि सिटमुनि फल्स बटम बनाइ चारवटा पोका पारी अफिम र खैरो टेप लगाएर ¥यापिङ गरिएको अवस्थामा चरेस बरामद गरिएको हो । लागुऔषधसहित प्रहरीले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको छ । पक्राउ गरिएका बोहरालाई लागुऔषधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १०:३३ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...