
गायक स्वरुपराज आचार्यको हिन्दी गजल ‘बहुत देर’ नामक भिडियो गीत सार्वजनिक भएको छ ।
किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट पनि दर्शक श्रोताको माया पाउने कुरामा आफू आशावादी रहेको बताउँछन् ।
गजलमा प्रेम र विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु अधिकारीको एरेन्ज रहेको सो गजलमा जीवन श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन रहेको छ ।
गजलमा सम्पदा बानिँया, सौरभ अधिकारी र गान्धिव सुवेदीको अभिनय रहेको छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार १०:३८ मा प्रकाशित






























