back

अफिसमा बस्दा भोक लाग्यो खानुहोस् यी खानेकुरा

वि.सं.२०७६ जेठ ६ सोमवार

834 

shares

अफिसमा कामगर्ने सिलसिलामा धेरैजसो बेलुकाको समयमा भोक लाग्छ । अझ घर विदामा बस्नु भएको छ भने त छिन–छिनमा भोक लाग्छ । भोक लागेका बेलामा के खाने र के नखाने भन्ने हुँदैन । अगाडि जे छ त्यो खाएर तत्कालै भोक मेटाउन चाहानेमा हामी धेरै पर्दछौं ।

जोडले भोक लागेका बेला के खाउँ भन्ने छटपटि पनि लाग्छ । यस्तो अवस्थामा धेरै मानिसहरु अस्वस्थ्यकर खाना खान्छन् । भनिन्छ, भोक लागेका बेला एक गीलास पानी पिउँदा त्यसले केही हदसम्म भोक कम गर्न मदत पनि गर्दछ ।

भोक शान्त गर्नका लागि प्याकेटमा बन्द भएको फ्राइगरेको खानेकुरा, चिप्स, पपकर्न, नमकीन, समोसा, चाउमीन, मम, बर्गर लगायतका खानाले मात्र पेट भरिन्छ भन्ने हाम्रो मानसिकता विकास भएको छ । तर, तपाईको स्वास्थ्यका लागि यी खानेकुराहरु धेरै स्वस्थ्यकर मानिन्न । दिनहुँ यस्ता खानेकुरा खाँदा तपाईको वजन बढ्ने तथा शरीरमा धेरैथरीका रोगले घर बनाउन सक्दछ ।

खाजा, सदैव यस्तो हुनु पर्दछ जसमा भरपुर रुपमा पौष्टिक तत्व र क्यालोरी कम होस् । अफिस या घरमा रहँदा जहिले पनि आफ्ना अगाडि हल्का फुल्का खाजा राख्नुहोस् । जुन कुरा भोक लाग्नासाथ खान सकियोस् ।

कतिखेर खाने खाजा ?
दिउँसोको खाना खाएको २–३ घण्टा पछाडि खाजा खानु आवस्यक मानिन्छ । खाजा खानुभन्दा पहिले तपाईले यो सोच्नु जरुरी हुन्छ कि, तपाईको लागि त्यो खाजा स्वादिलो भन्दा पनि कति स्वस्थ्यकर छ भन्ने । तपाईको गलत बानीले तपाईमा मोटोपन बढ्न सक्ने खतरा पनि हुन्छ ।

यी हुन्, स्वस्थ्यकर खाजा
खाजा मात्र नभएर धेरै मानिसहरु खानामा पनि फलफूललाई विशेष जोड दिन्छन् । कतिले त आफ्नो स्वास्थ्यको ख्याल गर्दै फलफूललाई नै खानाको रुपमा लिएको पनि पाइन्छ । यदि फलफूल स्वस्थ्यकर छ भने भात भन्दा बढी फलफूल नै खानका लागि स्वस्थ्यविज्ञहरु सुझाव दिन्छन् ।

त्यसैले तपाईले ताजा फललिँदा तरबुजा, खरबुजा, स्याउ, पाइनापल, किवी, सुन्तला, स्ट्रोवेरी, केरा लगायतका फलहरुलाई काटेर या सिंगै टिफिनमा राखेर अफिस लैजान सकिन्छ ।

अफिसमा काम गर्दागर्दै भोक लागेमा फलफूल खानु अति उपयुक्त हुन्छ । फलमा तपाईले धेर एन्टिअक्सीडेन्ट र भिटामीन पाउन सक्नुहुन्छ । साथै यी फलहरु खानासाथ तपाईमा इनर्जी पनि बढ्ने र गर्मीको मौसममा शरीमा पानीको मात्रा पूरा गर्ने काम पनि फलफूलले गर्दछ ।
त्यस्तै अन्य खाद्य पदार्थमा भुजामा नमकीन, भुटेको चना मिसाएर खान पनि सकिन्छ । यो अत्यन्तै हल्का हुनाले तपाईको स्वास्थ्यमा कुनै असर नपर्ने र मोटोपन पनि बढ्दैन् । यो खाजा तपाईले आफ्नो घरमै बनाएर टिफिनमा राखेर लैजान सक्नुहुन्छ ।

 

त्यस्तै ड्राईफुट्समा बदाम, काजु, पिस्ता पनि तपाईको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । ड्राईफुट्स शरीर र दिमागका लागि निकै स्वस्थ्यकर मानिन्छन् । यसले शरीरमा तत्कालै इनर्जी पनि प्रदान गर्दछ ।

त्यस्तै गाजर, ब्रोकाउली, चुकन्दर, टमाटर, काक्रालाई पनि काटेर टिफिन बक्समा राखेर अफिस लैजान सकिन्छ । भोक लाग्दा यसमा थोरै चाट मसला राखेर खान सकिन्छ ।

त्यस्तै गर्मीको मौसममा दही, मही या लस्सी पिउन पनि सकिन्छ । यसलाई खाना खाएको १-२ घण्टापछि खान सकिन्छ । यो तपाईको स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

त्यस्तै यदि सम्भव हुन्छ भने नरिवलको पानी पनि शरीरको लागि धेरै फाईदाजनक हुन्छ । गर्मीको मौसममा तपाई जति सक्नुहुन्छ तरल पर्दाथ सेवन गर्न जरुरी हुन्छ । जसमा, नरिवलको पानी, उँखुको जुश र ताजा फलफूलको जुश पनि पिउन सकिन्छ ।

त्यस्तै भिजाएर राखिएको अंजिर पनि भोक लाग्दा खान सकिन्छ । अंजिर शरीरका लागि पौष्टिक तत्वको राम्रो स्रोत मानिन्छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार १०:४५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...