
६ जेठ, काठमाडौँ । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन्।
प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अबकास पाएसँगै बैंकले राणालाई जेठ १ देखि लागू हुने गरि कामु प्रमुखको जिम्मेवारी दिएको हो।
सनराइज बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी बैंराणा नेपालको बैकिङ क्षेत्रको दोस्रो महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् ।
राणाको बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव छ । उनले हिमालयन बैंकमा १४ बर्ष, राष्ट्रिय बाणिज्य बैंकमा साढे ६ बर्ष काम गरेकी छन् भने सनराईज बैंकमै ११ बर्षदेखि कार्यरत छन् ।
वि.सं.२०७६ जेठ ६ सोमवार १०:४१ मा प्रकाशित




























