back
CTIZAN AD

अफिसमा बस्दा भोक लाग्यो खानुहोस् यी खानेकुरा

वि.सं.२०७६ जेठ ६ सोमवार

1.1K 

shares

अफिसमा कामगर्ने सिलसिलामा धेरैजसो बेलुकाको समयमा भोक लाग्छ । अझ घर विदामा बस्नु भएको छ भने त छिन–छिनमा भोक लाग्छ । भोक लागेका बेलामा के खाने र के नखाने भन्ने हुँदैन । अगाडि जे छ त्यो खाएर तत्कालै भोक मेटाउन चाहानेमा हामी धेरै पर्दछौं ।

जोडले भोक लागेका बेला के खाउँ भन्ने छटपटि पनि लाग्छ । यस्तो अवस्थामा धेरै मानिसहरु अस्वस्थ्यकर खाना खान्छन् । भनिन्छ, भोक लागेका बेला एक गीलास पानी पिउँदा त्यसले केही हदसम्म भोक कम गर्न मदत पनि गर्दछ ।

भोक शान्त गर्नका लागि प्याकेटमा बन्द भएको फ्राइगरेको खानेकुरा, चिप्स, पपकर्न, नमकीन, समोसा, चाउमीन, मम, बर्गर लगायतका खानाले मात्र पेट भरिन्छ भन्ने हाम्रो मानसिकता विकास भएको छ । तर, तपाईको स्वास्थ्यका लागि यी खानेकुराहरु धेरै स्वस्थ्यकर मानिन्न । दिनहुँ यस्ता खानेकुरा खाँदा तपाईको वजन बढ्ने तथा शरीरमा धेरैथरीका रोगले घर बनाउन सक्दछ ।

खाजा, सदैव यस्तो हुनु पर्दछ जसमा भरपुर रुपमा पौष्टिक तत्व र क्यालोरी कम होस् । अफिस या घरमा रहँदा जहिले पनि आफ्ना अगाडि हल्का फुल्का खाजा राख्नुहोस् । जुन कुरा भोक लाग्नासाथ खान सकियोस् ।

कतिखेर खाने खाजा ?
दिउँसोको खाना खाएको २–३ घण्टा पछाडि खाजा खानु आवस्यक मानिन्छ । खाजा खानुभन्दा पहिले तपाईले यो सोच्नु जरुरी हुन्छ कि, तपाईको लागि त्यो खाजा स्वादिलो भन्दा पनि कति स्वस्थ्यकर छ भन्ने । तपाईको गलत बानीले तपाईमा मोटोपन बढ्न सक्ने खतरा पनि हुन्छ ।

यी हुन्, स्वस्थ्यकर खाजा
खाजा मात्र नभएर धेरै मानिसहरु खानामा पनि फलफूललाई विशेष जोड दिन्छन् । कतिले त आफ्नो स्वास्थ्यको ख्याल गर्दै फलफूललाई नै खानाको रुपमा लिएको पनि पाइन्छ । यदि फलफूल स्वस्थ्यकर छ भने भात भन्दा बढी फलफूल नै खानका लागि स्वस्थ्यविज्ञहरु सुझाव दिन्छन् ।

त्यसैले तपाईले ताजा फललिँदा तरबुजा, खरबुजा, स्याउ, पाइनापल, किवी, सुन्तला, स्ट्रोवेरी, केरा लगायतका फलहरुलाई काटेर या सिंगै टिफिनमा राखेर अफिस लैजान सकिन्छ ।

अफिसमा काम गर्दागर्दै भोक लागेमा फलफूल खानु अति उपयुक्त हुन्छ । फलमा तपाईले धेर एन्टिअक्सीडेन्ट र भिटामीन पाउन सक्नुहुन्छ । साथै यी फलहरु खानासाथ तपाईमा इनर्जी पनि बढ्ने र गर्मीको मौसममा शरीमा पानीको मात्रा पूरा गर्ने काम पनि फलफूलले गर्दछ ।
त्यस्तै अन्य खाद्य पदार्थमा भुजामा नमकीन, भुटेको चना मिसाएर खान पनि सकिन्छ । यो अत्यन्तै हल्का हुनाले तपाईको स्वास्थ्यमा कुनै असर नपर्ने र मोटोपन पनि बढ्दैन् । यो खाजा तपाईले आफ्नो घरमै बनाएर टिफिनमा राखेर लैजान सक्नुहुन्छ ।

 

त्यस्तै ड्राईफुट्समा बदाम, काजु, पिस्ता पनि तपाईको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । ड्राईफुट्स शरीर र दिमागका लागि निकै स्वस्थ्यकर मानिन्छन् । यसले शरीरमा तत्कालै इनर्जी पनि प्रदान गर्दछ ।

त्यस्तै गाजर, ब्रोकाउली, चुकन्दर, टमाटर, काक्रालाई पनि काटेर टिफिन बक्समा राखेर अफिस लैजान सकिन्छ । भोक लाग्दा यसमा थोरै चाट मसला राखेर खान सकिन्छ ।

त्यस्तै गर्मीको मौसममा दही, मही या लस्सी पिउन पनि सकिन्छ । यसलाई खाना खाएको १-२ घण्टापछि खान सकिन्छ । यो तपाईको स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

त्यस्तै यदि सम्भव हुन्छ भने नरिवलको पानी पनि शरीरको लागि धेरै फाईदाजनक हुन्छ । गर्मीको मौसममा तपाई जति सक्नुहुन्छ तरल पर्दाथ सेवन गर्न जरुरी हुन्छ । जसमा, नरिवलको पानी, उँखुको जुश र ताजा फलफूलको जुश पनि पिउन सकिन्छ ।

त्यस्तै भिजाएर राखिएको अंजिर पनि भोक लाग्दा खान सकिन्छ । अंजिर शरीरका लागि पौष्टिक तत्वको राम्रो स्रोत मानिन्छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार १०:४५ मा प्रकाशित

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...