back

बलात्कारका आरोपि प्रहरीद्धयलाई कारबाहीको माग गर्दै स्थानीय प्रदर्शनमा

वि.सं.२०७६ जेठ ६ सोमवार

594 

shares

६ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।
एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन्न् ।

उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताउनुभयो । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ । घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् ।

वि.सं.२०७६ जेठ ६ सोमवार ११:१४ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...