back
CTIZAN AD

इटालीमा शोभितबहादुर विकको मृत्यु

वि.सं.२०७६ जेठ ६ सोमवार

852 

shares


स्याङ्जा जिल्ला किचनास नगरपालिका ३ स्थायी घरभई बिगत डेढ वर्षदेखि इटालीको फोज्जामा बसोबास गर्दै आएका २९ बर्षिय शोभित बहादुर विश्वकर्माको मृत्यु भएको छ ।

१० मे २०१९ का दिन उनको उपचारका क्रममा मृत्यु भएको एनआरएनए इटालीले जनाएको छ । एनआरएनए इटालीले विश्वकर्माको असामयिक मृत्युको खबरले मर्माहत भएको जनाएको छ ।

विश्वकर्माको स्वास्थ्यमा समस्या भै उपचारको लागि अस्पताल भर्नाभएको जानकारी पाउनासाथ एसएनआरएनए इटालीका उपाध्यक्ष देवराज गुरुङका साथै नेपालीसमाज रोमको तर्फ़बाट अध्यक्ष लगायतप्रतिनिधिहरुले अस्पतालमा पुगी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए । सम्बन्धित अस्पतालको जानकारी अनुसार स्वर्गीय विश्वकर्मालाई प्यान्क्रियाजको क्यान्सर भएको पनि एनआरएनए इटालीले जनाएको छ ।
एनआरएनए इटालीले सम्पूर्ण इटालीबासि नेपालीदाजुभाइ तथा दिदिबहिनिहरुको तर्फबाट दुख व्यक्त गर्दै शोक सन्तब्ध परिवारप्रति हार्दिक समबेदना व्यक्त गरेको छ ।

पारिवारिक अनुरोध अनुसार स्वर्गीय विश्वकर्माको पार्थिब शरीर सम्पूर्ण प्रकिया पुरा गरि आइतबार नेपाल ल्याइएको छ । स्वर्गीय विश्वकर्माको एक ६ बर्षीय छोरी र श्रीमती नेपालमै रहेका छन् ।

स्वर्गीय बिस्वकर्माको पारिवारिक आर्थिक स्थितिलाई मध्येनजर राख्दै एनआरएनए इटालीले उनको परिवारको लागि ४०० यूरो आर्थिक सहयोग गर्ने निर्णय गरेको बताइएको छ । सहयोग संकलन कार्यको लागि नेपाली समाज रोमबाट सुरु भैसकेको जानकारी दिँदै एनआरएनए इटालीले  सम्पूर्ण स्थानीय नेपाली समाज, संघसंस्था र सर्बसाधारणमा पनि सहयोगका लागि हार्दिक आव्ह्यन गरेको छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार ११:१६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...