back
CTIZAN AD

गाउँपालिकाद्धारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७६ जेठ ७ मंगलवार

729 

shares

७ जेठ, दाङ । दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए ।

“अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उनले भने ।

अध्यक्ष केसीका अनुसार स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन आउने र जानेका साथै बाहिर जिल्लासम्म लैजानका लागि पनि एम्बुलेन्स निःशुल्क गरिएको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने भएकाले यस्तो कार्य शुरु गरिएको उनको भनाइ थियो । उक्त गाउँपालिका मातृशिशु मृत्युदर उच्च रहेको क्षेत्र हो ।
सो गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्य संस्थामा यस वर्ष २२६ ले बच्चा जन्माएकामा ४९ एम्बुलेन्समार्फत सुविधासम्पन्न अस्पतालमा पठाइएको  थियो । राजपुर स्वास्थ्य चौकीमा अहिले सम्म १३३ र बे ला स्वास्थ्य चौकीमा ९३ जनाले  बच्चा जन्माएका थिए ।

गाउँपालिकाले  एम्बुले न्स सेवा निःशुल्क गरे  पनि यो  सेवा उपभोग गर्नबाट विकट बस्तीका नागरिक भने  अझै बञ्चित छन् । मैले पनि सिटामोलका  लागि पनि तीन घण्टा पैदल हिँडेर सामुदायिक स्वास्थ्य एकाइ जानुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरे ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १३:४० मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...