back
CTIZAN AD

नेपाली चेली कुवेतको अस्पतालमा अचेत

वि.सं.२०७३ कात्तिक २८ आइतवार

858 

shares

kumari

हरि कृष्ण न्यौपाने, कुवेत । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत उदयपुर,थोक्शीला (९ सुपाडी गाउँकी बिष्णु कुमारी राइलाई कारले ठक्कर दिए पछी ५ दिन देखी अचेत छिन् ।
गत नोभेम्बर (८ मंगलबार दिनको करिब ३ :३० बजे काम गर्ने घरबाट छुट्टी लिएर कुवेत सिटी जाने क्रममा बाटो काट्दै गर्दा बिष्णु कुमारीलाई कुवेतको हावालीमा कारले ठक्कर दिएको थियो भने उनलाई हाल सम्म पनि अल अमिरी अस्पताल सार्कमा चिन्ताजनक अवस्थामा छन् ।

झापाली समाज कुवेतका अध्यक्ष काशी लामाले दिएको जानकारी अनुसार बिष्णु कुमारीको स्वास्थ्यमा सुधार नआएकाले नेपाली दुताबास कुवेत तथा कुवेतमा कृयाशिल नेपाली संघसंस्थाहरुलाई आबश्यक सहयोगका लागि अनुरोध गर्दै बिष्णु कुमारीको छोरी र दिदीले नेपालबाट ९८१७३६१११७ नंबाट फोन गरेको बताए ।

यता बिष्णु कुमारीकै गाउका चित्र बहादुर निरौला र प्रशुराम सुवेदीले अस्पताल पुगेर दैनिक जानकारी लिए पनि अबस्थामा सुधार नआएको बताए । उनप्हरुले भने “कुवेती साहुनीले पनि बिष्णु कुमारी अचेत भएको थाहा पाए पछी उनको सामान समेत बिहीवारनै प्याक गरी सकेको बिष्णु कुमारी संगै काम गर्ने साथीहरुले बताए ।”

कुवेतमा कारको ठक्करबाट अचेत बिष्णु कुमारीको नेपालमा ३ छोरी र १ छोरा रहेका छन भने उनी करिब २ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी थीइन ।

बिष्णु कुमारी राइलाई कुवेतको सार्क स्थित अल अमिरी अस्पातलको पहिलो तल्लाको “बी” सेक्सनको बेड नं–९ मा राखी उपचार गराइएको छ ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०६:४९ मा प्रकाशित