back

एनआरएनए पोर्चुगलले भेट्यो पोर्चुगलका राष्ट्रपति

वि.सं.२०७६ जेठ ९ बिहीवार

507 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसा  (Marcelo Rebelo de Sousa ) सँग भेटघाट गरेको छ ।

संघका अध्यक्ष कुवेर कार्की तथा नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त भेटघाट कार्यक्रममा राष्ट्रपति डी सूसा समक्ष नेपाल हाउस अर्थात् नेपाल गार्डेनका साथै नेपालबाट इण्डियासम्म जान नपर्ने गरी भिसा सुविधा सेवा उपलब्ध गराउन माग टिमले गरेको थियो ।

‘नेपाली समुदायहरु पोर्चुगलको भूमिमा बढ्दै जाने क्रमसँगै विगत ३० वर्षदेखि नेपालीहरु बस्दै आएका छन् । पोर्चुगलमा नेपालीहरु कस्ता छन अनि उनीहरुलाई हेर्ने नजर कस्तो छ भन्ने अनुभव पोर्चुगलका महामहिम राष्ट्रपतिबाट लिने अवसर मिल्यो ।’ एनआरएनएका अध्यक्ष कुवेर कार्कीले बताए ।

कार्कीले राष्ट्रपति डि सूसा सरल व्यक्तित्वका धनी रहेको आफूहरुले महसुस गरेको बताउँदै भने, ‘पोर्चुगलका महामहिम राष्ट्रपतिले हामीलाई स्वागत तथा मायापूर्वक भेटघाट दिनुभयो नेपाललाई साह्रै माया गर्ने व्यक्तित्व हुनुहुँदो रहेछ ।’

गैरआवासीय नेपाली संघ पोर्चुगलको इतिहासमा नै पहिलोपटक राष्ट्रप्रमुखलाई भेटघाट गर्ने अबसर मिलेको पनि अध्यक्ष कुँवरले बताए ।

सो अवसरमा नेपाली समुदायहरुलाई भाषा स्कूल, नेपालमा राजदूतावास स्थापना साथै नेपालीहरुलाई पोर्चुगलमा भैपरी आउने समस्याको बारेमा विस्तृत रूपमा छलफल तथा जानकारी गराउने अवसर मिलेको कार्कीले बताए ।  भेटघाट अत्यन्त उपलब्धिमूलक भएको पनि अध्यक्ष कार्कीले बताए ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १३:५५ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...