back
CTIZAN AD

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

वि.सं.२०८२ मंसिर ३ बुधवार

921 

shares

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको प्रवद्र्धन गरिएको छ ।

युएई सरकारको आयोजनामा गरिएको उक्त सहिष्णुताको राष्ट्रिय उत्सव उम अल इमारात आवुधावि पार्कमा नोभेम्बर १४ देखि १६ सम्म आयोजना गरिएको थियो ।
उक्त अवसरमा नेपाली दूतावास आवुधाविले पनि नेपालको कला, संस्कृति, पर्यटन विभिन्न जातजातिका भेषभुषा लगायतका विविध कार्यक्रमसहित नेपालका तर्फबाट प्रतिनिधित्व जनाएको हो ।

नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्रीका अनुसार युएईमा नेपालको यस्तो सहभागिता पहिलो हो । क्षेत्रीका अनुसार उक्त उत्सवका अवसरमा नेपाली दूतावास तथा विभिन्न नेपाली समुदायको उपस्थिति तथा सहयोगमा पर्यटन वुथ स्टल राखेर नेपाली पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक कुटनीतिक क्षेत्रमा उल्लेखनिय र सक्रिय सहभागिता जनाएको हो ।

युएईका पूर्व शिक्षामन्त्री शेख नहायान विन मुवारक अल नहायानले स्टलशहरु अवलोकन गर्ने क्रममा नेपालको स्टलको अवलोकन गर्दै राजदूत क्षेत्रीसँग नेपालको पर्यटन विविध क्षेत्रका बारेमा जानकारी समेत लिएका थिए । साथै विभिन्न देशका कुटनीतिज्ञहरु, पर्यटन व्यवसायी तथा युएई सरकारका विभिन्न पदाधिकारीहरुले समेत नेपालको स्टल भ्रमण गरेका थिए ।

तीनदिने सो मेलामा नेपालका विभिन्न सास्कृतिक तथा परम्परा झल्काउने नृत्य प्रर्दशन गरिनुका साथै नेपाली हस्तकला, मूर्तिकलासहित नेपाली उत्पादनका सामाग्रीहरुको स्टल राखिएको थियो ।

त्यस्तै बालबालिका तथा स्थानीय समुदायलाई आकर्षित गर्नका लागि ड्रइङ, कलरिङ र अन्य गतिबिधि समेत समावेश गरिएको थियो ।

उक्त अवसमार नेपाल–युएई सम्बन्ध, नेपालको पर्यटन, भूगोल जस्ता विषयमा स–सना प्रश्नोउत्तर कार्यक्रम समेत राखेर त्यसको सहि उत्तर दिनेलाई दूतावास तथा नेपाल पर्यटन बोर्डबाट विभिन्न सामाग्रीहरु उपहार स्वरुप प्रदान गरिएको पनि दूतावासले जानकारी दिएको छ ।

उक्त अवसरमा आवुधाविस्थित एशिया, युरोप अफ्रिका लगायतका कुटनीतिक नियोगहरुले आ–आफ्ना देशको कला र संस्कृति झल्काउने स्टल राखेका थिए ।
राजदूत क्षेत्रीले यस्ता कार्यक्रमले नेपालको कला, पर्यटन क्षेत्रको प्रवद्र्धन हुने र नेपालको पर्यटन क्षेत्रमा मध्यपूर्वका नागरिकहरुको आकर्षण बढाउने हुनाले देशको आर्थिक समृद्दिमा योगदान पुर्याउन यसले सहयोग गर्ने विश्वास लिएको जानकारी संसारन्युजलाई दिए ।

वि.सं.२०८२ मंसिर ३ बुधवार १६:१६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...