back
CTIZAN AD

चिया बगानमा चार हात्ती स्थानीयलाई बाहिर ननिस्कन प्रहरीकोे अनुरोध

वि.सं.२०७६ जेठ ९ बिहीवार

615 

shares

९ जेठ, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए ।

हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेरा हालेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।उनका अनुसार दिनभर हात्तीलाई बगानमै छेकेर राख्ने र साँझ परेपछि भारततिर लखेट्ने योजना भएकाले सो अवधिसम्म स्थानीयवासीलाई घरबाट बाहिर ननिस्कन र हात्तीलाई नजिस्क्याउन भनिएको छ ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १४:४२ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

दमौली (तनहुँ) । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ...