back
CTIZAN AD

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

वि.सं.२०८२ फागुन १९ मंगलवार

519 

shares

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद गरिएको छ । उक्त कपडाको अन्दाजी मूल्य रु सात लाख १२ हजार रहेको छ । घटनामा संलग्न फार्म सञ्चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको उनले जानकारी दिए ।

यस्तै, रोहिणी गाउँपालिका–१ झोलुङ्गेपुल नजिक बेवारिसे अवस्थामा रहेका दुई मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद पेय पदार्थ तथा चकलेटको अन्दाजी मूल्य रु ७८ हजार ६०० तथा मोटरसाइकलको अन्दाजी मूल्य रु ५० हजार गरी कुल रु एक लाख २८ हजार ६०० बराबरका सामान नियन्त्रणमा लिइएको प्रवक्ता चन्दले बताए । बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ फागुन १९ मंगलवार १३:२२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...