back
CTIZAN AD

सुरु भयो सत्यवती धार्मिक मेला, चिच्याएर वर माग्नुहोला

वि.सं.२०७३ कात्तिक २८ आइतवार

804 

shares

कृष्ण दर्नाल, २८ कात्तिक, पाल्पा । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ ।

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीयवासीको भनाइ छ ।

शनिबारदेखि सुरु भएको धार्मिक मेलामा आजसम्म दशहजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको अनुमान गरिएको छ । मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि आउने गरेको मन्दिरका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो ।

मङ्गलबारसम्म सञ्चालन हुने धार्मिक मेलामा पाल्पा, गुल्मी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतका स्थानबाट समेत भक्तजन आउने गर्दछन् । तालभित्र मन्दिर रहेकाले भक्तजन उत्साहका साथ त्यहाँ पुग्ने गर्दछन् ।

बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न आज पनि निकै भीड लागेको छ । भिड बढेपछि मेला व्यवस्थापन समितिले आठजना पुजारी र स्वयम्सेवकको परिचालन गरेको छ ।

सत्यवती मन्दिरमा जान पाल्पा बुटबल सडकको झुस्सा र चौवीसमाइल भन्ने स्थानबाट पैदल दुई घन्टा यात्रापछि पुग्न सकिने स्थानीय बासिन्दा ध्रुव पँगेनी बताउनुहुन्छ । मन्दिर जाने बाटोमा फूल, प्रसाद तथा परेवा बेच्नेको भीड लागेको छ । यहाँका स्थानीयवासीले बाटोमा फूल, प्रसाद तथा परेवा बेचेर लाखौँ आम्दानी गर्दै आएका छन् । रासस

वि.सं.२०७३ कात्तिक २८ आइतवार १०:२४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...