back
CTIZAN AD

झापाली डार्लिङको म्यूजिक भिडियो बजारमा

वि.सं.२०७३ कात्तिक २८ आइतवार

1.7K 

shares

darling

अनिल वाग्ले । झापाली चेली बेली डान्सर कमला सापकोटाको म्यूजिक भिडियो ‘डार्लिङ’ सार्वजनिक भएको छ । बेली डान्सरको नामले चिनिएकी कमला सापकोटाको डार्लिङ काठमाडौंमा सार्वजनिक भएको छ । आज आयोजित एक समारोहका बीच गायिका जुना प्रसाई र प्राश्ना शाक्यले कमलाको डार्लिङ सार्वजनिक संयुक्त रूपमा सार्वजनिक गरे ।
इजरायलमा बस्दा वेली डान्स सिकेकी कमला नेपाल फर्के लगत्तै कला क्षेत्रमा होमिएकी थिइन् । कमला सापकोटाको डार्लिङमा आफ्नै शब्द संगित रहेको छ । विकास भूजेलको संगित संयोजन रहेको यो म्युजिक भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने सापकोटाले जनाएकी छिन् ।
म्युजिक जोयले बजारमा ल्याएको गीत डार्लिङको भिडियोमा झापाली गायिका सापकोटासँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । पाठक पनि झापा बुधबारेकी हुन् । सो म्युजिक भिडियोमा विज्ञान उदास र दिप्सन भट्टराई रहेका छन् । गीतको म्यूजिक ज्ञानेन्द्र शर्माको छायांकन, प्रविन श्रेष्ठको सम्पादनलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ११:५५ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...