back
CTIZAN AD

कार्यालयमै मृत भेटिए दाहाल

वि.सं.२०७६ जेठ १० शुक्रवार

717 

shares

१० जेठ, ओखलढुंगा । जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् ।

अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका थिए ।

अदालतका अनुसार रातिको समयमा ड्यिुटी गर्ने दाहाल दिउँसो सधैँजसो आवासगृहमा आराम गर्ने गरेका थिए । लामो समयदेखि मुटुको समस्या रहेका दाहालको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आवश्यक प्रक्रिया पूरा गरेर शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १८:२१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...