Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

नदीमा हामफालेका भनिएका युवक पक्राउ



२९ कात्तिक, चितवन । नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आइतबार साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताउनुभयो ।

लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गएराति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए । प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो ।

आइतबार बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उहाँको खोजी गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा