Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

पश्चिमाञ्चल फाइनान्सका तत्कालीन प्रबन्धक पौडेल पक्राउ



२९ कात्तिक, काठमाडौँ । पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ ।

शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै पक्राउ गरेकोमा आइतबार सार्वजनिक गरिएको हो ।

पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको रकम रु एक करोड ३८ लाख ५० हजार भुक्तानी लिई आफैँले उपभोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै, संस्थाको खाता रहेको ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक–पटक गरी रु दुई करोड ५३ लाख लगेकोमा सो समेत बैंकमा जम्मा नगरी निजैले अपचलन गरेको समेत खुल्नमा आएको छ ।

संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताबाट कीर्ते दस्तखत गरी रु एक करोड पाँच लाख कर्जा प्रवाह गरेको देखाई स्वयम्ले उक्त रकमसमेत उपभोग गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।

पौडेलले शाखा प्रमुखको हैसियतले संस्थाबाट विभिन्न सातजना ऋणीलाई लगानी गरेका रु ३७ लाख ४१ हजार १८५ कर्जा चुक्ता हुनुअगावै धितो फुकुवा गरी कर्जा जोखिममा पारी संस्थालाई हानीनोक्सानी गरेको समेत उल्लेख छ ।

पौडेलले संस्थालाई कुल रु पाँच करोड ३३ लाख ९१ हजार १८५ हानीनोक्सानी गरेको लगायतका अभियोगमा निजलाई पक्राउ गरिएको हो । निजउपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ