Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

एक वर्षपछि फेला प¥यो बेपत्ता अल्ट्रालाइट



२९ कात्तिक, पोखरा । एक वर्षअघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट (विमान) आइतबार बिहान फेला परेको छ ।

विसं २०७२ असोज २१ गते पोखरा विमानस्थलबाट उडेपछि हराएको सो अल्ट्रालाइट माछापुच्छ«े र अन्नपूर्ण हिमालबीचको खोँचमा टुक्राटुक्रा परेको अवस्थामा फेला परेको हो ।

समुन्द्री सतहदेखि करिब १२ हजार फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा अल्ट्रालाइट फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा विमानस्थलबाट उडेको ९ एन एउल आई कलसाइनको अल्ट्रालाइटलाई रसियन पाइलट ५० वर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए भने दक्षिण अफ्रिकी महिला ४० वर्षीया एलिजावेथ वेल त्यसमा यात्रारत थिइन् ।
शरिरको हड्डी, खप्पर तथा दाँत र जहाजको पाङ्ग्रासहित केही भाग सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । अल्ट्रालाइटको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको अवस्थामा फेला परेको छ भने मानव कङ्काल वरपर छरिएको अवस्थामा सङ्कलन गरेर ल्याइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरा विमानस्थलको संयुक्त टोली आइतबार हेलिकप्टरमा गएर अल्ट्रालाइट र मानव कङ्काल सङ्कलन गरी ल्याएको र डिएनए परीक्षण गरी कङ्काल आफन्तलाई बुझाइने प्रवक्ता बज्राचार्यले जानकारी दिनुभयो । रासस


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल