back
CTIZAN AD

एक वर्षपछि फेला प¥यो बेपत्ता अल्ट्रालाइट

वि.सं.२०७३ कात्तिक २९ सोमवार

948 

shares

२९ कात्तिक, पोखरा । एक वर्षअघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट (विमान) आइतबार बिहान फेला परेको छ ।

विसं २०७२ असोज २१ गते पोखरा विमानस्थलबाट उडेपछि हराएको सो अल्ट्रालाइट माछापुच्छ«े र अन्नपूर्ण हिमालबीचको खोँचमा टुक्राटुक्रा परेको अवस्थामा फेला परेको हो ।

समुन्द्री सतहदेखि करिब १२ हजार फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा अल्ट्रालाइट फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा विमानस्थलबाट उडेको ९ एन एउल आई कलसाइनको अल्ट्रालाइटलाई रसियन पाइलट ५० वर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए भने दक्षिण अफ्रिकी महिला ४० वर्षीया एलिजावेथ वेल त्यसमा यात्रारत थिइन् ।
शरिरको हड्डी, खप्पर तथा दाँत र जहाजको पाङ्ग्रासहित केही भाग सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । अल्ट्रालाइटको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको अवस्थामा फेला परेको छ भने मानव कङ्काल वरपर छरिएको अवस्थामा सङ्कलन गरेर ल्याइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरा विमानस्थलको संयुक्त टोली आइतबार हेलिकप्टरमा गएर अल्ट्रालाइट र मानव कङ्काल सङ्कलन गरी ल्याएको र डिएनए परीक्षण गरी कङ्काल आफन्तलाई बुझाइने प्रवक्ता बज्राचार्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०३:०२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...