Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय पुनःस्थापना हुने



२९ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले त्यसका लागि एक लाख ११ हजार ६८५ अमेरिकी डलर बजेट छुट्याउने निर्णय गरेको छ । यसअघि सो कार्यालय २०७२ सालको गोरखा भूकम्पपछि नेपालबाट हटाइएको थियो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत केही दरबन्दी थप गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले सौर्य ऊर्जाको विकास र ऊर्जा सङ्कट निवारण गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु दुई अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्न अर्थ मन्त्रालयको एक वार्ता टोली गठन गरेको छ । सो वार्ता काठमाडौँमा हुने पनि मन्त्री कार्कीले जानकारी दिनुुभयो ।

बैठकले जनता आवास कार्यान्वयन कार्यविधि र राष्ट्रिय सहरी विकास रणनीतिको प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरेको छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी