back
CTIZAN AD

शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय पुनःस्थापना हुने

वि.सं.२०७३ कात्तिक २९ सोमवार

1.2K 

shares

२९ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले त्यसका लागि एक लाख ११ हजार ६८५ अमेरिकी डलर बजेट छुट्याउने निर्णय गरेको छ । यसअघि सो कार्यालय २०७२ सालको गोरखा भूकम्पपछि नेपालबाट हटाइएको थियो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत केही दरबन्दी थप गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले सौर्य ऊर्जाको विकास र ऊर्जा सङ्कट निवारण गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु दुई अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्न अर्थ मन्त्रालयको एक वार्ता टोली गठन गरेको छ । सो वार्ता काठमाडौँमा हुने पनि मन्त्री कार्कीले जानकारी दिनुुभयो ।

बैठकले जनता आवास कार्यान्वयन कार्यविधि र राष्ट्रिय सहरी विकास रणनीतिको प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरेको छ ।

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०३:०५ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...