back
CTIZAN AD

दोहोरो मुठभेडमा एकको मृत्यु

वि.सं.२०७३ कात्तिक २९ सोमवार

798 

shares

२९ कात्तिक, गौर (रौतहट) । रौतहटको देवाही गाविसमा आज बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको मृत्यु भएको छ । हतियारधारीको गोली लागी एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् ।

देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा तीन÷चारजनाको समूहमा रहेका उनीहरुले एक्कासि प्रहरीमाथि गोली प्रहार गरेको र प्रहरीको जवाफी कारबाहीमा भारत फौरैया लौखान ढाका पूर्वी चम्पारनका ४४ वर्षीय तेजीलाल साहको मृत्यु भएको हो । हतियारधारीले चलाएको गोलीबाट प्रहरी जवान सुरेन्द्र चौधरी गम्भीर घाइते भई थप उपचारका लागि हेटौँडास्थित चुरे हिल अस्पताल पठाइएको रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

मृतकबाट एक थान इन्सास राइफल, एक थान इटालीमा निर्मित पेस्तोल, एक थान नलकटुवा पेस्तोल, इन्सासमा लाग्ने १५ थान गोली र कटुवाबाट पड्केको गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य हतियारधारी समूहको खोजी भइरहेको छ । रासस

वि.सं.२०७३ कात्तिक २९ सोमवार १०:०९ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...