back

आर्थिक अभावहुँदा मिर्गौला रोगी कोे उपचार हुन सकेन

वि.सं.२०७६ जेठ १५ बुधवार

477 

shares

१५ जेठ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटकी दुवै मिर्गौला फेल भएकी ३७ वर्षीया सावित्री विश्वकर्माको उपचार गर्न आर्थिक अभाव भएको छ । गएको माघ ३ गतेदेखि नियमित उपचार गर्दै आएकी विश्वकर्माको उपचार गर्दा रु १५ लाखभन्दा बढी खर्च भइसकेकाले थप रकम जुटाउन नसक्दा समस्या परेको परिवारले जनाएको छ ।

लामो समय काठमाडौँको वीरेन्द्र प्रहरी अस्पतालमा महाराजगञ्जमा उपचार गर्दै आएकी उनको अहिले बुलन्दसिद्धि अस्पताल सामाखुशीमा नियमित डाइलासिस गर्दै आएको जेठाजु धनबहादुर विश्वकर्माले जानकारी दिए । परिवारमा श्रीमान र दुईछोरा रहेकी विश्वकर्माको उपचारका लागि सबैसँग ऋृण गरेर अहिलेसम्म उपचार गरेको भएपनि अब ऋण खोज्ने ठाउँसमेत नभएको धनबहादुरले बताए ।

बिरामीको अवस्था विस्तारै कमजोर हुँदै  गएकाले छिटोभन्दा छिटो मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था भएको विश्वकर्माले जानकारी दिए ।

“चिकित्सकले सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, तर आर्थिक जोहो गर्न सकिरहेका छैनौँ” विश्वकर्माले भने । मिर्गौला प्रत्यारोपणका लागि २०÷२५ लाख खर्च लाग्ने जानकारी चिकित्सकले गराएको उनले बताए । गएको तीन वर्षअघिदेखि हातगोडा सुनिने, मुख फुलिनेलगायतका समस्या देखापरेपछि जिल्ला अस्पतालमा पटक–पटक जाँच गर्दा पाठेघरको समस्या भएको बताएको परिवारको भनाइ छ ।

पाठेघरको नियमित उपचार लामो समयसम्म निको नभएकी विश्वकर्माको गएको माघमा मात्र मिर्गौला फेल भएको पत्ता लागेको थियो । शुरु–शुरुमा औषधि खाएर निको हुने आसमा मासिक रु १२ हजारको औषधि खाने गरेको भएपनि झन्झन् समस्या बढ्दै गएपनि अहिले मिर्गौलाले कामै गर्न छाडेको चिकित्सकले जानकारी दिएको उनले बताए ।

बिरामीको पछिल्लो पटक मासिक दुईपटक मिर्गौलाको डाइलासिस गर्दै आएको विश्वकर्माले जानकारी दिए । उपचारका लागि रकम अभाव भएपछि गाउँलेले समेत घरघरमा पैसा उठाएर रु ६० हजार रकम उपलब्ध गराएको उनले बताए । “पैसा छैन भनेर मर्न दिन पनि सकिएन, विश्वकर्माले भने, उपचार गर्न पैसा कहीँबाट जुटाउन सकिएको छैन ।”

पछिल्लो पटक बुङ्कोटका स्थानीयवासीले बिरामीको उपचारका लागि रकम जुटाउन सहयोग रसिद नै बनाएर सहयोग सङ्कलन थालेका छन् । विश्वकर्माले बुहारी सावित्रीलाई मुत्युबाट जोगाउनका लागि सक्दो सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरेका छन् ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:०२ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...