back
CTIZAN AD

बुद्धिजीवीका तीन कार्यभार

वि.सं.२०७६ जेठ १५ बुधवार

624 

shares

 

राष्ट्रको सबैभन्दा जिम्मेवार शक्ति र सरकारको नेतृत्वकर्ता भएका हिसाबले नेपाल कम्युनिस्ट पार्टीले नेता तथा कार्यकर्ता परिचालन सन्दर्भमा प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने स्थिति पैदा भएको छ । राष्ट्रको समृद्धि सबैको साझा लक्ष्य भएकाले यो ऐतिहासिक अवसरमा सबैलाई ऐक्यबद्ध पार्न प्रगतिशील र रूपान्तरण पक्षधर विषयविज्ञ, बुद्धिजीवीहरू अझ सक्रिय हुन जरुरी छ ।

नेता, कार्यकर्ताहरूले उत्पादनमा अनिवार्य सहभागी बन्ने, व्यावसायिक सीप र क्षमताको अभिवृद्धि तथा उद्यमशिलता विकासका लागि योजना बनाई कार्य सुरु गर्नुपर्छ । यसो गर्न सकेमात्र नेपाल कम्युनिस्ट पार्टी आफ्नो लक्ष्य र गन्तव्यतर्फ अघि बढ्दै छ भन्ने अनुभूति गराउन सकिन्छ ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय संयोजक डा दिनेशचन्द्र देवकोटोले मुलुकको वर्तमान अवस्थामा बुद्धिजीवीका ३ कार्यभार रहेको बताएका छन् । बुद्धिजीवीहरुले आफ्नो दायित्व महशुस गर्नुपर्ने,रुपान्तरणकारी कार्यकर्ताहरुको परिचालनमा अनुसन्धान र व्यवस्थापन गर्नुपर्ने तथा उत्पादन बृद्धि र वितरणमा समन्यायीकतामा जोड दिने गरी कार्यक्रम बनाउनुपर्ने कुरामा जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा देवकोटाले गोरखापत्र दैनिकमा लेखेको लेखमा ऐतिहासिक पृष्ठभूमि र मुलुकको वर्तमान अवस्थाबारे पनि चित्रण गरेका छन् ।

मिशनमुखी कार्यक्रम :
नेपालको संविधान २०७२ ले दिएको अधिकार प्रयोग गरी सङ्घीय, प्रान्तीय र स्थानीय तहका सबै संरचनाले उत्पादन, आत्मनिर्भरता, स्वाधीनता, समृद्धिमार्फत समाजवादी अर्थतन्त्र निर्माणका आधारहरू तय गर्ने योजना बनाउन सक्नुपर्छ । मुख्यतः कृषि उत्पादनको वृद्धिबाट प्राप्त हुने आत्मनिर्भरता नै हाम्रो सन्दर्भमा दिगो हुन सक्छ । प्रान्त र स्थानीय तहहरूले राष्ट्रिय योजना र नीतिको सीमाभित्र रही आफ्ना स्रोत र साधनबाट अधिकतम विकास र समृद्धि हासिल गर्नेतर्फ ध्यान केन्द्रित गर्न सक्नुपर्छ । प्रान्त र स्थानीय तहमा केन्द्रबाट आएको बजेट र स्रोतको प्रयोगमात्रै गर्ने सोच हाबी भयो भने सङ्घीयता व्यवस्थापनको सार्थकता हुँदैन । आ–आफ्ना तहले यस्तो मिसनका लागि उपयुक्त कार्यक्रम बनाई कार्यान्वयनको दिशामा अघि बढ्नुपर्छ ।

त्यसैगरी केन्द्रदेखि स्थानीयस्तरमा क्रियाशील बुद्धिजीवीहरूले देश निर्माणको यस ऐतिहासिक घडीमा आ–आफ्नो योग्यता क्षमताको भरपूर प्रयोग गर्न तत्पर हुन जरुरी छ । जसका लागि तीन तहका सरकारहरूले देशभरका विषयविज्ञ, वुद्धिजीवीहरूको विज्ञतालाई सम्मान गर्दै परिचालन गर्ने विषेश अभियान सञ्चालन गर्नु वाञ्छनीय देखिन्छ । त्यस्ता कार्यक्रमहरूमा परियोजना बैङ्क निर्माण, तत्कालीन, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास/रणनीतिक विकासका योजनाहरू निर्माणमा वुद्धिजीवीहरूलाई परिचालन गर्नु आजको आवश्यकता हो । उनीहरूको विज्ञतालाई समृद्धिको यात्रामा जोड्न तीनै तहका सरकारहरूले अझ बढी ध्यान दिन जरुरी छ । यतिबेला देशले समृद्धिको बाटो नलिई सुखै छैन ।

कार्यकर्ताको परिचालन :
राष्ट्रको सबैभन्दा जिम्मेवार शक्ति र सरकारको नेतृत्वकर्ता भएका हिसाबले नेपाल कम्युनिस्ट पार्टीले नेता तथा कार्यकर्ता परिचालन सन्दर्भमा प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने स्थिति पैदा भएको छ । राष्ट्रको समृद्धि सबैको साझा लक्ष्य भएकाले यो ऐतिहासिक अवसरमा सबैलाई ऐक्यबद्ध पार्न प्रगतिशील र रूपान्तरण पक्षधर विषयविज्ञ, बुद्धिजीवीहरू अझ सक्रिय हुन जरुरी छ । अहिले झट्ट हेर्दा पार्टीका कामहरू बढी सरकारमुखी भएको देखिन्छ । यस्तो अन्योल हटाई पार्टी सङ्गठनहरूको सही परिचालनद्वारा जनतासम्म पुग्ने योजना शीघ्र बनाउन जरुरी छ ।

पार्टी एकीकरण र प्रक्रियाका नाउँमा जनसङ्गठनहरू योजनाविहीन र कार्यक्रमविहीन हुने खतरा, योजना र परिचालनको अभावमा कार्यकर्ताको जोश–जाँगर घट्ने र क्रमशः पलायन हुने स्थितितर्फ ध्यान पु¥याउँदै पार्टी, सङ्गठन र कार्यकर्ताहरूलाई उनीहरूको योग्यता तथा क्षमताका आधारमा उत्पादन कार्यमा जोड्ने योजना बनाउन सक्नुपर्छ । पार्टीका पाँच/सात लाख कार्यकर्तालाई विभिन्न तहमा उत्पादन वृद्धि अभियानमा परिचालन गर्ने, आत्मनिर्भरता, स्वाधीनता, समृद्धि र समाजवादका व्यावहारिक तथा सैद्धान्तिक कार्यशालामा प्रशिक्षित गर्दै उत्पादन कार्यसँग अनिवार्य जोड्ने परिस्थिति सुरु गर्न आवश्यक छ । नेता, कार्यकर्ताहरूले उत्पादनमा अनिवार्य सहभागी बन्ने, व्यावसायिक सीप र क्षमताको अभिवृद्धि तथा उद्यमशिलता विकासका लागि योजना बनाई कार्य सुरु गर्नुपर्छ । यसो गर्न सकेमात्र नेपाल कम्युनिस्ट पार्टी आफ्नो लक्ष्य र गन्तव्यतर्फ अघि बढ्दै छ भन्ने अनुभूति गराउन सकिन्छ । तर, यसका लागि आदेश, सुझाव र सल्लाहमात्र पर्याप्त छैन, बौद्धिक सघनताको साथमा तीन तहका सरकारहरूको जनमुखी कार्यशैली आजको टड्कारो आवश्यकता हो ।

उत्पादनमा वृद्धि, वितरणमा समन्यायिकता :
यतिबेला मुलुक समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढिरहेको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि एवम् उत्पादन वितरणमा समन्यायिकता कायम गर्दै राष्ट्रिय पुँजीको विकास गरी लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधारहरू तयार गर्नु आजका तात्कालिक लक्ष्य हुन् । उत्पादन वृद्धि गरेरमात्र हुँदैन, त्यसको वितरणलाई समन्यायिक ढङ्गले परिचालन गर्न पनि त्यत्तिकै चनाखो हुनुपर्छ । उत्पादन वृद्धि र वितरणबीच नङ र मासुको सम्बन्ध विकास गर्न सकिएन भने समाजवादउन्मुख अर्थतन्त्रको विकासमा चुनौती देखापर्छ ।

मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि दलाल नोकरशाही पुँजीवाद, शोषण, उत्पीडन एवम् बाह्य हस्तक्षेपलाई परास्त पार्नु, सांस्कृतिक, आर्थिक एवम् सामाजिक क्षेत्रहरूमा रहेका सामन्तवादका अवशेषहरूलाई समाप्त गरी समाजवादउन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु नै आजका हाम्रा मुख्य कार्यभार हुन् । यी लक्ष्य तथा कार्यभारहरूलाई पूरा गर्न मजदुर, किसान, सर्वहारा श्रमजीवी, बौद्धिक समुदाय एवम् विभिन्न तह र तप्काका आमजनसमुदायहरूलाई अझ व्यापक रूपमा परिचालित गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको जगलाई बलियो बनाउनुपर्छ । त्यस जगकै आधारमा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न सकिन्छ । तबमात्र महान सहिद एवम् अग्रजहरूप्रति सच्चा श्रद्धाञ्जली एवम् सम्मान हुनेछ । अतः जनचाहनाअनुरूप विकासको उत्कट अभिलाषासँगै समग्र रूपमा नयाँ नेपालको सपना सकार गर्न सबैले आ–आफ्नो ठाउँबाट विशेष योगदान गर्न अग्रसर हुन जरुरी छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:०३ मा प्रकाशित

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलियाले गल्छी घटनाको वास्तविकता सार्वजनिक...

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...