back

बालकको अपहरण गरी हत्या गरेको अभियोगमा तीन पक्राउ

वि.सं.२०७६ जेठ १५ बुधवार

429 

shares

१५ जेठ, पर्सा । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई प्रहरीले आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ ।

घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको हत्यासमेत गरेको अभियोगमा तीनै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी विकास र सिकेन्द्र घाइते भएको बताए ।

अपहरणकारीले दिएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौराही खोलामा बालकको शव खोजतलास गर्ने क्रममा विकास र सिकेन्द्र भागेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको उपरीक्षक ढकालले जानकारी दिए । घाइते दुवैको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । खोराही खोलाबाट बरामद गरिएको करणको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि अपहरण र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:०९ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...