back
CTIZAN AD

मस्कोमा प्रधानन्यायधिस जबराको स्वागत

वि.सं.२०७६ जेठ १५ बुधवार

705 

shares


कृष्णप्रकाश श्रेष्ठ
वैशाख पूर्णिमा अर्थात् किरात जातिले मनाउने उभौली पर्वको साथै बुद्धजयन्तीको पावन अवसरमा मास्कोस्थित नेपाली राजदूतावासको प्रांगणमा रुसी भाषामा नेपालका पुराकथा र किम्बदन्ती ग्रन्थको विमोचनका साथै रुसको सर्वोच्च न्यायालयका अध्यक्षको निमन्त्रणामा मास्को आइपुगेका नेपालका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वागतार्थ भव्य समारोह सुसम्पन्न भयो ।

मस्कोस्थित नेपाली राजदूतावासका निकाय उपप्रमुख खीमानन्द भुसालले सभाकक्षमा उपस्थित नेपालीहरु र आमन्त्रित रसियाली मित्रहरुको हार्दिक स्वागत गरेका थिए । नेपालका सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जंगबहादुर राणाको स्वागत र रुसी भाषामा प्रकाशित पुस्तकको विमोचन सम्पन्न हुन गइरहेको जानकारी गराउँदै रुसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेले नेपालका प्रधान न्यायाधीश दम्पति तथा उनको साथमा रुसको यात्रामा आइरहेका नेपाली पाहुनाहरुका साथै रुसमा बसोवास गरिरहेका नेपाली समुदायका प्रतिनिधिहरु र रसियाली विद्वान् विदिुषी तथा लेखक कविहरुको हार्दिक स्वागत गर्दै उनीहरुको रुसयात्रा सुखद र दुई देशबीच सुमधुर रहिआएको मैत्रीसम्बन्धको भावी विकास तथा सुदृढीकरणका लागि उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गरे । उनले विमोचनार्थ प्रस्तुत हुन गइरहेको नेपालका पुराकथा र किम्बदन्ती शीर्षकमा प्रकाशित पुस्तकको लेखकको पनि परिचय दिएका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय महासचिव डा. बद्री के.सी., एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम प्रभृतिले पनि नेपालका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको मस्को यात्राको सफलताको कामना गर्दै रुसमा उनको स्वागत गर्न पाइएकोमा हर्ष व्यक्त गरे ।
समारोको दोस्रो खण्डमा रुसी भाषामा नेपालका पुराकथा र किम्बदन्ती पुस्तकको लेखकको हैसियतले यकृष्णप्रकाश श्रेष्ठलाई पुस्तक परिचय प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो ।

नेपाली राजदूतावासको सभाकक्षमा उपस्थित नेपाली भाइबहिनीहरुका साथै उक्त पुस्तककी सम्पादिका ताच्याना मास्त्युगिनासहित रुसी विद्वान् विदुषीहरुको समेत नैतिक सहयोग र समर्थनको फलस्वरुप नेपाल विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानबाट मैले तयार पारेको उक्त सात सय पृष्ठको माटो गाताको अग्रपृष्ठमा मञ्जुश्री र पश्चपृष्ठमा नेपालको राजधानीस्थित तलेजुमन्दिरकै ठीक पछिल्तिर तानाबहालमा रहेको मेरी कुलदेवी तारिणीभवानी (नेवारीमा तानाद्यः) को मन्दिरको प्रवेशद्वारको चित्रअंकित ग्रन्थ प्रकाशित आफ्नो लागि निकै महत्वपूर्ण भएको बताए । तीन खण्डमा विभाजित पुस्तकमा हिन्दू, बौद्ध तथा किरात लगायत मेचीदेखि महाकालीसम्म हिमाल, पहाड तराई गरी नेपालका विभिन्न धर्म र जनजातिका नेपाली र नेवारी स्रोत र अद्यापि मौखिक रुपमै प्रचलित आफू निकै वर्ष लगाएर संकलन गरी आप्mनै शब्दमा रुसी भाषामा तैयार पारिएका २२६ पुराकथा र किम्बदन्तीहरु रुसी भाषाभाषी पाठकको करकमलमा सुम्पन पाइएकोमा निकै खुशी लागिरहेको भावाभिव्यक्ति पोखेको थिए ।

पुस्तक विमोचनका लागि सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा, महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे, नेपालका लागि रुसका पूर्वराजदूत सेर्गेइ भेलिच्किन तथा यस पुस्तकको प्रकाशनका लागि एक सिपmारिसकतृ नेपालविद् विदुषी, राजकीय कलाअध्ययन संस्थानकी वरिष्ठ वैज्ञानिक कार्यकर्ता ताच्याना मोरोजोभालाई मञ्चमा निम्त्याइए पश्चात् डा. विमला भण्डारीले पुस्तक विमोचन कार्यमा सघाएका थिए ।

यस प्रकार ग्रन्थलाई अनावरण गरी सभाकक्षमा उपस्थित महानुभावहरुसमक्ष प्रदर्शन गरेर भव्य वातावरणमा रुसी भाषामा प्रकाशित नेपालका पुराकथा र किम्बदन्ती ग्रन्थको विमोचन भयो । रुसी विदुषी नेपालविद् ताच्याना मोरोजोभाले मेरो अनुसन्धानको विषयमा र रुसी भाषामा उनको सम्पादनमा प्रकाशित नेपाल विषयक लेखसंग्रहहरुमा छापिएका मेरा कृतिहरुबारे प्रकाश पारेका थिए ।

नेपालका लागि पूर्वराजदूत, रुसी प्राच्यविद् सेर्गेइ भेलिच्किनले रुसनेपाल मैत्री सम्बन्धको लागि लेखक श्रेष्ठको योगदानबारे प्रशंसा गरेका थिए । आप्mनो अतिशयोक्तिपूर्ण प्रशंसा सुन्दा मेरो गोडा भुइँमा नै नभएको जस्तो उकुसमुकुस लागिरहेको लेखक श्रेष्ठले बताए ।

स्वागत तथा पुस्तक विमोचन समारोहको समापन भई तेस्रो खण्डमा रुसी मित्रहरुको बधाई ज्ञापन, वार्तालाप र फोटो सेसनको मेसो चलेको थियो । आगामी ७ जूनका दिन मास्कोको विशाल प्रदर्शनीस्थलको सांस्कृतिक भवनमा तीनदिने नेपाल महोत्सवको समुद्घाटनको अवसरमा नेपालका पुराकथा र किम्बदन्ती ग्रन्थको लोकार्पण कार्यक्रम रहेको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:२३ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...