back
CTIZAN AD

युकेमा आयोजित गोर्खा कप १७ औं संस्करणको उपाधि ए.फ.सी.तुङ्बालाई (भिडियो सहित)

वि.सं.२०७६ जेठ १५ बुधवार

723 

shares

लण्डन । तमुधिं युकेको आयोजनामा सम्पन्न भएको बेलायतमा रहेका नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कपको १७ औं संस्करणको उपाधी एफसीतुङ्बाले हात पारेको छ ।
१० हजार भन्दा बढी दर्शकहरुको सहभागीता रहेको गोर्खाकप संस्करण अल्डरसटस्थित क्विन्स एभेन्यू मैदानमा भएको थियो भने दर्शकको भीडले मैदान र अल्डरसट टाउन नेपालीमय बनेको थियो ।

प्रथम गुल्मेली नौमती पञ्चे बाजाको धुनसँगै आरम्भ भएको प्रतियोगिता निर्धारित समयमा खेल १–१ गोलमा टुंगिएपछि पेनाल्टी सुट आउटमा रेडिङ्ग युनिटीलाई २ को विरुद्ध ४ गोल प्रहार गरी एफ.सी.तुङ्बा विजयी बन्न सफल भएको थियो ।

भेट्रानतर्फ निर्धारित समयमा ० विरुद्ध ० गोल भई खेल बरावरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा ईलाम एफसीलाई २ विरुद्ध ३ गोल हानी केन्ट एफ.सी. विजयी बनेको हो ।

३२ टिमले भाग लिएको मुख्य खेलतर्फको खेलमा रेडिङ्ग युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी बने भने एलजी लायन्सका जर्सी नं. १० सबैभन्दा बढी गोल हान्ने खेलाडी बन्न सफल भए । १० वटा टिमले भाग लिएको भेट्रान खेलतर्फ एफ.सी. केन्टका भास्कर राई टप स्कोरर बने भने एफ.सी. केन्टकै दिल्लीराज थापा म्यान अफ दि म्याच बन्न सफल भएका थिए ।

मुख्य खेलतर्फको विजयी टिमलाई २ हजार ५०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता टिमलाई १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणत्र प्रदान गरियो । भेट्रानतर्फको विजयी टिमलाई १ हजार २०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । उपविजेता टिमलाई ८०० पाउण्ड नगद पुरस्कार, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो ।

एनआरएन यूकेका उपाध्यक्ष पुनम गुरुङले टिकट खरिद गर्नेहरुका लागि गरिएको लक्की ड्रमा विजेताका लागि एक तोला सुन प्रायोजन गरेकी थिइन् ।

विजेता र उपविजेता टिमहरुलाई प्रमुख अतिथि एवं रस्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजक आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, र शिरोमणी दवाडी रहेका थिए ।

त्यस्तै प्रकाश घिमिरे, बाइसन सोलिसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेक्सओर्थ एकाउण्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा किचन रेष्टुरेण्ट बेजिङ्गस्टोकका एमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा तमुधिं युकेले गोर्खा वेलफेयर ट्रष्टलाई ५०० पाउण्ड, रस्मोर बरो काउन्सिललाई ५०० पाउण्ड र विल्डीङ्ग ट्रष्टलाई ३०० पाउण्ड च्यारिटी रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको बारेमा बोलेका थिए ।

त्यस्तै, तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कप संयोजक क्याप्टेन पिताम्बर गुरुङले प्रतियोगिताको बारेमा बोलेका थिए भने तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खेलाडी, टिम, प्रायोजक, प्रमुख अतिथि, अतिथि, स्टल उद्यमी, व्यापारी, सहभागी लगायत तमुधिं युकेका स्वंयसेवक, कार्यसमिति, सल्लाहकार, युथ, आमा समूहलगायत सबैलाई धन्यवाद दिए । तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव तुलाराम गुरुङले संचालन गरेका थिए ।

यसैबीच गोर्खाकप हेर्न बेलायतका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा नेपालीहरु उपस्थित स्थलमा नेपाली खाना तथा व्यवसाय र च्यारिटीका दर्जनौं स्टलहरुमा पनि दर्शकहरुको भीड रहेको थियो ।

सपन इन्टरटेन्टमेन्टका निर्देशक सपनकुमार राईले जहाँ छन् बुद्धका आँखा बोलको गीत प्रस्तुत गरेका थिए भने तमु धिं यूके सल्लाहकार एकेन्द्र गुरुङले रचना गरेको गोर्खाकपको टाइटल गीतमा सयपत्री कल्चरल समुह यूकेका कलाकारले आकर्षक नृत्य देखाएका थिए ।
कार्यक्रममा बेलायतस्थित विभिन्न कुटनितिक नियोगका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलरहरुका साथै नेपाली संघसंस्थाका प्रतिनिधीहरुको अतिथीका रुपमा उपस्थिति थियो ।

वि.सं.२०७६ जेठ १५ बुधवार १२:३० मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...