back
CTIZAN AD

आगलागीपीडितलाई रेडक्रसबाट सहयोग

वि.सं.२०७६ जेठ १५ बुधवार

600 

shares

१५ जेठ, बनेपा । बेथनाचोक गाउँपालिका–५ च्यासिङखर्कस्थित च्याल्टीका आगलागीपीडित शिव दाहालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी बनेपा शाखा काभ्रेपलाञ्चोकले राहत वितरण गरेको छ ।

आगलागीपीडित दाहाल परिवारलाई रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका सभापति रघुवर चौप्रधान नेतृत्वको टोलीले उनलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । सभापति चौप्रधानले पीडितलाई तत्कालका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा वितरण गरेको बताए ।

स्थानीयबासिन्दा दाहालको घरमा हिजो विद्युत चुहिएर आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै नगद रु दुई लाख पचास हजार, साँढे दुई तोला सुन, १० मुरी मकै, छ मुरी तोरी, चार मुरी गहँ  चार मुरी जौँलगायत जिन्सी सामान र लत्ताकपडा जलेर नष्ट भएको वडा नं ५ का वडाध्यक्ष खजेन्ची लामाले बताए । “जिउमा लगाउने लुगाबाहेक अरु केही नभएपछि उनका परिवारलाई गाउँपालिका र वडा कार्यालयको सहयोगमा तत्कालका लागि ओढ्ने ओछ्याउनेको व्यवस्था गर्नुका साथै खाना पकाउन भाँडाकुँडा र खाद्यान्न सामग्री उपलब्ध गराएका छौँ”, वडाध्यक्ष लामाले भने “छ जनाको परिवार रहेको उनी अहिले नजिकैको गोठमा बस्दै आएका छन् ।” भएको नगद, जिन्सी र अन्नपात जलेर नष्ट भएपछि पीडित दाहाल परिवार निकै समस्यामा परेका छन् ।

वि.सं.२०७६ जेठ १५ बुधवार ११:४१ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...