back

गणतन्त्र संस्थागतसँगै मुलुक समृद्धितर्फ अघि बढ्न सबै एक हुनुपर्नेमा जोड

वि.सं.२०७६ जेठ १५ बुधवार

546 

shares

१५ जेठ, चितवन । गणतन्त्र संस्थागतसँगै मुलुक समृृद्धितर्फ अघि बढ्ने बुधबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले प्रभातफेरीपछि आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले सरकार समृद्धिको यात्रामा लागेको भन्दै विकासमा पक्ष र विपक्ष हुन नहुने बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गणतन्त्र संस्थागत हुनका लागि देशमा समृद्धि आवश्यक रहेको भन्दै सरकार त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।सोही समारोहमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबै राष्ट्रसेवकहरुले इमान्दारीपूर्वक काम गरेर जनतालाई गणतन्त्रको आभास दिलाउनुपर्ने बताए । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट गेष्टहाउस चौरसम्म प्रभातफेरी गरिएको थियो ।

वि.सं.२०७६ जेठ १५ बुधवार ११:३३ मा प्रकाशित

Himalayan Life AD
आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । आज साताको चौथ्यो दिन सेयर बजार दोहोरो अंकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर...