back
CTIZAN AD

लुम्बिनी राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न

वि.सं.२०७६ जेठ १७ शुक्रवार

576 

shares

१७ जेठ, लुम्बिनी ‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

उनले देवदहमा आयोजित काष्ठकलामा सहभागी मूर्तिकारको प्रशंसा गर्दै प्राचीन कोलिय गणराज्यको झझल्को दिनेगरी बनाइएको मूर्तिको संरक्षणका लागि राज्यकोतर्फबाट आवश्यक सहयोग दिने बताए । सो अवसरमा प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहको ऐतिहासिकता झल्किने गरी मूर्तिकारले एक हप्तासम्म गरेको मेहनत र परिश्रमले बुद्धकालीन सभ्यताको प्रतिकात्मक सन्देशलाई प्रवाह गर्न सहज बनाएको बताए।

देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले जङ्गलमा फालिएका काठलाई मूर्तिकारले सीप र कौशलले जीवन्त बनाएको बताए । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका सदस्यसचिव विपीन घिमिरेले देवदहमा कलाकारले देखाएको सीप र कौशलले कला र संस्कृतिको संरक्षणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

ड्रिम देवदह युनिटी फर चेञ्जका संयोजक सिद्धीचरण भट्टराईले काम नलाग्ने काठका मुढालाई आकर्षक ढङ्गले प्राण भरेर कलाकारले राम्रो काम गरेको बताए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले देवदहको ऐतिहासिकताका लागि काष्ठकला कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए ।

प्राज्ञ लालकाजी लामाले देवदहवासीका लागि मूर्तिकारले मायाको चिनो स्वरुप मायादेवी, प्रजापति, बुद्ध, सप्रबुद्ध लगायतको मूर्ति छाडेर जान लागेको बताउँदै त्यसको संरक्षणमा स्थानीयवासी तथा स्थानीय सरकार लाग्नुपर्ने बताए ।

सो कार्यशालामा बुद्धत्व झल्किने विभिन्न १७ वटा काठका मूर्ति तयार गरेर आयोजकलाई हस्तान्तरण गरिएको छ । उक्त मूर्ति स्थानीय आमा समूहको सहभागितामा राष्ट्रिय गौतमबुद्ध उद्यान समितिले संरक्षण गर्ने भएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १५:४६ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...