back

यी देश हुन् जहाँ सार्वजनिक सवारी चढेको पैसा तिर्नु पर्दैन

वि.सं.२०७६ जेठ २२ बुधवार

237 

shares
NTC AD
Global IME AD

२२ जेठ, काठमाण्डौं । सार्वजनिक सवारी त्यो पनि चढ्नका लागि लाइननै लाग्नुपर्छ । लाइन लागेपनि छिट्टै चढ्न पाइने भने होइन, गाडी कुरेर बस्नुपर्छ ।

गाडी कुरेर बस्दा झण्डै आधा घण्टा एक घण्टा समय त्यत्तिकै गइदिन्छ । त्यसले पैसा मात्र होइन समयको पनि नास गरिदिन्छ । जहाँ निःशुल्क रुपमा सार्वजनिक सवारी साधन उपयोग गर्न पाइएला भन्ने अलि टाढाकै कुरा हो ।

हुन त, समयको मूल्य बुझाउन अनि बुझ्न नसकिएको हाम्रो समाजमा कसका लागि समय कति महत्वपूर्ण छ भन्ने कुरा सर्वसाधारणदेखि राज्य चलाउने नेताहरुमा पनि देखिँदैन । तर, केही देश त्यस्ता पनि छन् जो हरेक सेकेण्ड र मिनेटको हिसाब गर्छन् । जसले आफ्नो भन्दा पनि देश र जनताको हितको लागि प्राय समय खर्चिएका हुन्छन् ।

यहाँ जोड्न खोजिएको सन्दर्भ हो सार्वजनिक यातायातको । यता हामी पैसा तिरेर पनि सहजरुपमा सार्बजनिक यातायात चढ्न मुस्किलले पाइरहेका बेला संसारका केही त्यस्ता देश छन् जहाँका जनता निःशुल्क रुपमा बस चढ्न पाउछन् । त्यहाँका राज्य संञ्चालकहरु जनताको सुख सुविधाका लागि हरदम नयाँ योजना बनाइरहेका हुन्छन् ।
हुन् त हाम्रो देशमा पनि सार्वजनिक सवारी साधनले वृद्ध वृद्धा र विद्यार्थीहरुको भाडामा केही छुटको व्यवस्था गरेको छ । तर, पूर्णरुपमा छुट भने हुन सकेको छैन ।

तर, केही त्यस्ता देश छन् जहाँका सर्वसाधारणले निःशुल्क सवारी साधन चढ्न पाएका छन्÷ पाउने भएका छन् ।
हाम्रै छिमेकी देश भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरबिन्द केजरीवालले महिलाका लागि डीटिस बस, कलस्टर बस तथा दिल्ली मेट्रोमा आगामी २–३ महिनाभित्र निःशुल्क यात्रा गर्ने व्यवस्था गर्न लागेको बताएका छन् ।
केजरीवालका अनुसार यसका लागि विस्तृत रिर्पोट बनाउन विज्ञहरुलाई एक हप्ताको समय दिइएको छ । त्यसपछि उक्त रिर्पोट केन्द्रीय संसदमा लगिने छ । दिल्ली मेट्रो केन्द्र सरकारको मातहतमा रहेर चलेको छ ।

त्यस्तै युरोपियन देश लक्जम्वर्गको सरकारले सर्वसाधारणका लागि सार्वजनिक सवारी साधनको भाडा निःशुल्क गर्ने पहिलो देश बन्ने भएको छ । लक्जम्वर्गले आगामी २०२० को मार्च महिनामा यो व्यवस्था लागू गर्ने भएको हो । यो देश जर्मनी, बेल्जियम र फ्रान्सले घेरिएको र ती देशबाट आधा घण्टाको दूरीमा रहेको छ । यो देश युरोपका सबैभन्दा सानो देशको सूचीमा रहेको छ भने यो देशको जनसंख्या ६ लाख २ हजार रहेको छ ।

त्यस्तै स्टोनियाको राजधानी टालिनमा पाँचवर्ष पहिले नै सन् २०१३ मा सार्वजनिक यातायातमा निःशुल्कको व्यवस्था गरिएको हो । बाल्टिक तथा फिनल्याण्डको खाडीको सीमामा रहेको इस्टोनियामा जनतालाई निःशुल्क यातायाको मुद्दामा मतदान गराउदा ७५ प्रतिशतले समर्थन जनाएका थिए ।

इस्टोनियाका अन्यभागबाट आउने र त्यहाँ पुग्ने विदेशी पर्यटकले भने यो सुविधा लिन पाउदैनन् । उनीहरुले बस, ट्रलि, रेल तथा टाममा चढ्दा शुल्क तिर्नुपर्नेहुन्छ ।

त्यस्तै जर्मनीका केही शहरले पनि यातायातबाट हुने प्रदुषण कम गर्नका लागि सार्वजनिक यातायात निःशुल्क बनाउने योजना अगाडि सारेका छन् । त्यस्तै बेलायतको वेल्स राज्यमा पनि यस्तो योजना लागू गरिने बताइएको छ । यसले सर्वसाधारणलाई सार्वजनिक सवारी साधनमा चढ्नका लागि आकर्षित गर्ने र प्राइभेट सवारीहरुको प्रचलन घट्दै जाने विस्वास पनि गरिएको छ । जसका कारण यातायातका कारण हुने प्रदूषणमा कमि आउने छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १२:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
इलाममा सुरु भयो उपनिर्वाचनको मतगणना

इलाममा सुरु भयो उपनिर्वाचनको मतगणना

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न...

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको अर्थमन्त्रीको भनाइ

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको अर्थमन्त्रीको भनाइ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य...

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार भएको...